राष्ट्रपति निर्वाचन : कुन दलको मतभार कति ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जनाले मत हाल्न पाउनेछन् ।

अंकगणितका आधारमा राष्ट्रपतिमा आठ दलीय गठबन्धनसँग सुविधाजनक मतभार देखिएको छ । गठबन्धन पक्षधर उम्मेदवारका पक्षमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा गरी ३१ हजार ९७८ मतभार छ ।

एमालेका पक्षमा भने प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभामा गरी कुल १६ हजार २२१ मतभार देखिन्छ । कांग्रेससँग प्रतिनिधिसभामा ६ हजार ९५२ मतभार छ । राष्ट्रियसभामा ८६९ मतभार छ । कांग्रेससँग कोशी प्रदेशमा एक हजार ३९२, मधेस प्रदेशमा एक हजार ५६, बागमतीमा एक हजार ७७६, गण्डकीमा एक हजार २९६, लुम्बिनीमा एक हजार २९६, कर्णालीमा ६७२, सुदूरपश्चिममा ९१२ गरी जम्मा १६ हजार २२१ मतभार छ ।

एमालेसँग प्रतिनिधिसभामा ६ हजार १६२, राष्ट्रियसभामा एक हजार ३४३, कोशी प्रदेशमा एक हजार ९२०, मधेशमा एक हजार १०४, बागमतीमा एक हजार २९६, गण्डकीमा एक हजार ५६, लुम्बिनीमा एक हजार ३९२, कर्णालीमा ४८०, सुदूरपश्चिममा ४८० गरी जम्मा १५ हजार २३३ मतभार छ ।

माओवादी केन्द्रसँग प्रतिनिधिसभामा दुई हजार ५२८, राष्ट्रियसभामा एक हजार २६४, कोशीमा ६२४, मधेशमा ३४८, बागमतीमा एक हजार आठ, गण्डकीमा ३६६, लुम्बिनीमा ४३२, कर्णालीमा ६२४ र सुदूरपश्चिममा ५२८ गरी कुल सात हजार ७५८ मतभार छ । नेकपा एकीकृत समाजवादीसँग संघ र प्रदेशमा गरी दुई हजार ६२२ मतभार छ ।

यस्तै, जसपासँग दुई हजार १४५, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, जनमतसँग एक हजार २४२ र राष्ट्रिय जनमोर्चासँग २०६ मतभार छ ।

राप्रपासँग संघ र प्रदेशमा गरी दुई हजार ४५० मतभार छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एक हजार ५०१, नेमकिपासँग २२३, नेपाल संघीय समाजवादीसँग ४८ (मधेश प्रदेशसभामा), हाम्रो नेपाली पार्टीसँग ९६ (बागमतीमा) मतभार छ । यसैगरी, संघ र प्रदेशमा गरेर स्वतन्त्र सांसदको मतभार एक हजार ५० छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?