
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् लचिलो नीति लिएपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । यसअघि निरन्तर घट्दोक्रममा रहेको सेयर बजारमा आइतबार भने सकारात्मक सर्किट लागेर कारोबार नै बन्द भएको छ ।
लगातार सर्किट लागेर केही घण्टा बजार बन्द हुँदा दुर्ई सय २७ कम्पनीको सेयर मूल्य बढेको छ । पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने झण्डै ३० कम्पनीको सेयर मूल्य सर्किट लेबलमा कारोबार भएको छ ।
लघुवित्त समूह ५.६५ प्रतिशतले बढ्दा कालिका र उपकार लघुवित्तको सेयर मूल्य भने घटेको छ । लगातार तेस्रो सर्किट लागेर कारोबार बन्द हुँदा नेप्से १११.२ अंकले बढेर १९६३.९८ अंकमा पुगेको छ । यस दिन दुई सय ४४ कम्पनीका १३ लाख ६७ हजार छ सय १५ कित्ता सेयर ४८ करोड २४ लाख ८२ हजार दुई सय ३९ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
कारोबार रकमका आधारमा पहिलो स्थानमा रहेको माउण्टेन इनर्जी कम्पनीको तीन करोड ५८ लाख २५ हजार छ सय ३३ रुपैयाँको सेयर कारोबार भएको छ भने दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन् ।
सर्वाधिक मूल्य बढ्नेमा रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, शुभम् पावर र कालिञ्चोक दर्शन सबैको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएको थियो । राष्ट्र बैंकले घर कर्जाको जोखिम भारसमेत घटाएको थियो । सोही कारण सेयर बजारमा लगानीकर्ता आकर्षित भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच