के लघुुवित्तका चित्त, माखाकै पित्त हुन् त !

बद्रीप्रसाद दाहाल
Read Time = 15 mins

सोझो शाब्दिक अर्थमा ‘लघुु’ भन्नाले लामो वा ठूलो नभएको छोटो वा सानो भनेर बुुझिन्छ । अर्को कोणबाट गह्रौं नभएको, हलुको, हलौं वा अलिकति, थोरै, कनिष्ठ, कान्छो आदि अर्थ लाग्छ । छन्द शास्त्रमा भने लघुु भनेको एक मात्राको वा ह्रस्व उच्चारण हुने वर्ण (अ, इ, उ, क, कि, कुु आदि) पर्दछन् । संस्कृत भाषाबाट तत्समको रूपमा आएको विशेषण वर्गको शब्द हो यो ।

त्यस्तै ‘वित्त’ शब्दले धनमाल, जायजेथा, सम्पत्ति, ऐश्वर्य, अर्थ भनेर बुुझाउँछ । अर्को आँखामा सामथ्र्य, शक्ति भन्ने आसय पनि व्यवहृत हुन्छ, नाम कोटिको संस्कृत भाषाबाट आएको तत्सम शब्द हो यो । यसरी लघु वा सानो धन भनेर यसले आफ्नो आसय स्पष्ट पार्दछ । आजभन्दा पाँच सय वर्ष पहिलेदेखि चल्दै आएको हालको लघुु वित्तीय प्रकृतिको संस्था विश्वमाझ सानो पुँजीमा ग्रामीण पिछडिएका बस्तीमा रजगज गर्दै कतै लोकप्रिय कतै अप्रिय बन्दै आएको आर्थिक संस्था हो ।

लघु वित्तका ऋणीहरूले सेवासुविधाका नाममा शुल्क धेरै लिने, सीमा नाघेर ब्याजदर असुल्ने गरेको, सोझासाझा सर्वसाधारलाई झुुक्याएर लुट मच्चाउँदै, घर छोड्नुुपर्ने भाग्नुुपर्ने र आत्महत्याको थितिमा पुुर्‍याएको गुनासो, विरोध र मर्का पोखिराखेका छन् ।

तर, आधुनिक लघुुवित्तीय संस्थाको पिताको श्रेय भने बंगाला देशका प्रो. महमद युुनिसलाई जान्छ । सन् १९७६ आजभन्दा अठ्चालीस वर्षअघि बंगाला देशमा सुरु गरेको ग्रामीण बैंकिङ पद्धतिको अवधारणा हाल विश्वभर चलेको छ । संसारभर यो बैंक गरिबी निवारणको महत्वपूर्ण औजारको रूपमा लिइन्छ । नेपालमा पहिलो लघुु वित्तको संस्थागत थालनी २०१३ सालमा चितवन जिल्लामा सहकारी संस्थाको स्थापनाबाट भएको हो । त्यसपछि २०२० मा सहकारी बैंक जन्मियो । जसलाई २०२५ मा कृषि विकास बैंकमा रूपान्तर गरियो । २०३२ सालदेखि यसै बैंकअन्तर्गत साना किसान विकास कार्यक्रम शुुभारम्भ भयो । माओवादी द्वन्द्व कालताक यो संस्थालाई धराशयी बनाउने दुुष्कर्म चल्यो कथित जनयुुद्धको नाममा ।

नेपालमा यतिखेर महानगर, उपमहानगर तथा नगरपालिका गरी पौने तीन सय नाघिसक्यो । गाउँपालिकाको संख्या भने धेरै छन् । झन्नै ७० प्रतिशत मानिसहरू ग्रामीण भेगमा बस्दछन् । यी भेगका जनता झन्नै २५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन् र गरिबीको चाप पनि त्यहीँ बढी छ । वास्तवमा ग्रामीण जनताको गरिबीको दशा नघटाई देशको विकास र समृद्धि भन्नुु कोरा कल्पनामात्र हुन्छ । त्यसैले त जननायक बीपी कोइरालाले आजभन्दा ६४ वर्षअघि ग्रामीण जनतालाई आर्थिक दृष्टिकोणले सम्पन्न बनाउन समाजवादको दूूरदृष्टि र सुन्दर लक्ष्यको कल्पना गरेर आपूmसरह बनाउने तस्वीर कोर्नु भएको थियो । उहाँको मार्गचित्र कार्यान्वयन गर्न त्यति बेलाका शक्तिकेन्द्रले दिएका भए बंगाला देशका प्रो.महम्मद इसुुफले अर्कै ‘आर्थिक अप्रोज’ दिन्थे होलान् ।

गाउँलेहरूसित बैंकिङ कर्जाको लागि सुुरक्षणबापत उचित धितो नहुने भएकाले यी ग्रासरुटका वर्गलाई लघुुवित्तसेवा उपयुक्त हुन्छ भनेरै यसको थालनी भएको हो । जसमार्फत ग्रामीणस्तरमा कृषि उत्पादन, तरकारी खेती, पशुुपन्छी पालन, ससाना घरेलु व्यवसाय, खुुद्रा व्यापार, सिलाइकटाइ आदि लघुु व्यवसायबाट स्वरोजगारमूलक कार्यक्रमले आर्थिक उत्थानको तय गर्नसक्छ । नेपाल राष्ट्रबैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त लघुुवित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन २०७८ लाई हालै संशोधन र थप गर्दै ‘एउटा लघुवित्तले विनाधितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एकजना ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नुुपर्ने व्यवस्था भएको छ ।

लघु वित्तका ऋणीहरूले सेवासुविधाका नाममा शुल्क धेरै लिने, सीमा नाघेर ब्याजदर असुल्ने गरेको, सोझासाझा सर्वसाधारलाई झुुक्याएर लुट मच्चाउँदै, घर छोड्नुुपर्ने भाग्नुुपर्ने र आत्महत्याको थितिमा पुु¥याएको गुनासो, विरोध र मर्का पोखिराखेका छन् । (गोप दैनिक २०७९ फागुुन ११) वाणिज्य बैंकको नाममा खोलिएका अन्य कतिपय निजी बैंकहरू क, ख, र ग वर्गका सबैजसोले सेवा शुल्कको नाममा, नवीकरणको बहानामा र अनलाइन, बीमा आदिमा मनग्गे लुटिरहेका छन् कर्जाभीरु नेपाली जनतालाई आजको आवाज हो यो । हचुवामा हिसाब हालेर इन्साफविहीन बनाइरहेका छन् तमाम ऋणीहरूलाई । राष्ट्रबैंकले घटाएको ब्याजदर वास्तै नगरी नयाँ परिपत्र आएको छैन भनेर मजाले १८ प्रतिशतसम्म ब्याज ठटाएर चुस्नु चुसेका छन् । कर्जाको भारी बोक्नेहरू यही दुःखद् वेदना पोखिरहेका छन् ।

देशैभर लघुुवित्तले माखाको पित्तसरि चित्त सानो बनाएर धेरै ग्रामीण जनतालाई घरवारविहीन बनाउने भयो भनी जुलुुस, नारा र सभाहरू देशका कतिपय जिल्लाहरूमा सरोकारवालाहरू आन्दोलित बनिरहेका छन् । पीडितहरूको आक्रोशको अभिव्यक्तिमा लघुु वित्त ‘नवसामन्तवादको दुुने चिन्तन हो’ भन्ने प्रतिक्रिया छ । १५ प्रतिशतभन्दा बढी ब्याज र त्यसको पनि स्याज असुुल्ने लघुु र अन्यवर्गका निजी बैंकप्रति गुनासोको पर्वत ठडिएको छ यतिखेर ।

पीडितहरूबाट एक वर्षअघि गठित संघर्ष समितिले पाँच बुँदे माग राखेका छन् । १, लघुवित्त संस्थाहरू खारेज गर्नुुपर्ने, २, लघुवित्त संस्थाद्वारा लगानी गरिएको सामूहिक कर्जाको मिनाहा हुनुुपर्ने, ३, आमगरिब किसानलाई निःशुल्क कर्जा प्रदान गर्नुपर्ने, ४, आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर्नुपर्ने, ५, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्नेजस्ता सशक्त मागहरू छन् । हाल जम्मा ६४ वटा लघुु वित्तका कार्यालय शाखाहरू देशभर चार हजार आठ सय पुुगेका रहेछन् । ५८ लाख महिला सदस्य रहेको यो संस्थामा कर्मचारी झन्नै चौबीस हजार कार्यरत छन् । लघुु वित्त संस्था विगत केही वर्षअघि ११२ वटा पुुगेकोमा हाल घट्न गएको रहेछ ।

‘माइक्रो फाइनाइन्स एसोसिएसन अफ नेपाल’का अध्यक्ष जगत पोखरेलको विचारमा : ‘लघुु वित्त संस्था भएर हो वा सुुविधा बढी पाएर हो, अहिले समस्या जन्मिएको छ । सोझा महिलाका नाममा लोन लिएर खाने प्रवृत्ति बढेको छ’ । पोखरेल ऋण लिएर तिर्दिन भन्न मिल्दैन, नियामक निकाय नेपाल राष्ट्र बैंकको नियममा बसेर हाम्रा लघुु वित्त वित्तीय संस्थाले काम गरिरहेका छन् । समस्या र कमजोरी हुनसक्छ त्यसको समाधान गर्ने मार्ग खोज्न सकिन्छ तर ऋणै तिर्दिन भन्नुु उचित कुरा होइन’ भन्नुहुन्छ ।

यिनै विविध (क, ख, ग, घ) वित्तीय संस्थामा गाँजिएका विसंगति निजी बैंकहरू महासामन्त रूपमा चित्रण हुन थालेका छन् यतिखेर नेपाली समाजमा । अनुत्पादक क्षेत्रमा लगानी हुनुु, सम्बन्धित निकाय अनुुगमनमा उदासीनता रहनु, मनिटरिङ नगर्नु र अपरिमित लगानी गर्नु सेवाप्रदायक नै गलत बाटोमा हिँड्नु हो । यसलाई बैंकहरूको पनि बैंक भएको नेपाल राष्ट्र बैंकको पनि ठूलो कमजोरी छ । वास्तवमा लघुुवित्तको अवधारणा सेवामुखीको माध्यमबाट आर्थिक र सामाजिक उत्थान गर्नु थियो । तर, जब निजी क्षेत्रका लगानीकर्ता, शेयर बजारका खेलाडी र कमर्सियल बैंकहरू प्रवेश गरेर हावी भए तब नाफा कमाउने उद्देश्यले जरा गाढ्यो ।

यतिखेर लघुवित्तहरूको नियमन गर्न राष्ट्र बैंक नै असफल भयो भन्ने ध्वनि चर्कै छ । जसरी पनि मुनाफा कमाउने कमाउमार्गीहरूले ऋणीहरूलाई दपेटिरहेका छन् । अनि जीवनबाट निरास भएर कर्जाको भारी बोकेका जमातको डोरीमा झुण्डिनुपर्ने थिति देखिँदै गएको छ ।

यसले लघुु वित्तकै आधारभूत सिद्धान्तलाई गल्र्यामगुर्लुम बनाउन पुुगेको कुरा आर्थिक विज्ञहरूको विश्लेषण छ । निक्षेपणमा विस्तार, अत्यधिक ग्राहक बढाउने र मनग्गे मुनाफा कामाउने महासामन्ती चिन्तनले लघुवित्तका चालक बढी धन आर्जन गर्ने बाटोतिर हिँडेकाले आजको स्थिति देखिएको हो । हालै मेडिकल व्यवसायी दुुर्गा प्रसाईले झापाको काँकडभिट्टाबाट वित्तीय संस्थाहरूको ज्यादती र राष्ट्र राष्ट्रियता नागरिक बचाऊ भन्ने अभियान पूर्वराजाबाट दीप प्रज्वलन गरी देशव्यापी आन्दोलन दन्काउने हौवा खडा गर्ने अभियानमा छन् । जसलाई उनले ‘महाअभियान’ को संज्ञा दिएका छन् ।

उनको यो भनाइले लघुुवित्त तथा अन्य निजी बैंकहरूबाट शोषित, प्रताडित तथा पीडितहरू उनको स्वरमा स्वर मिलाउन सडकमा उत्रिएका छन् । राजनीतिक खपतको लागि गणतन्त्रविरोधी तागतलाई यतिखेर यो परिवेशले टोनिक दिएको देखिन्छ । हामीकहाँ थोक कर्जाको कारोबार गर्ने एक थरी लघुुवित्त छ भने अर्को खुद्रा कर्जाकोमात्र कारोबार गर्ने छ । यही खुद्रा कारोबार गर्ने संस्थाले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर नियमित रूपमा बचत संकलन गरी अन्य वित्तीय संस्था र बैंकहरूबाट विपन्न वर्ग शीर्षकमा सापटी लिन्छ । अनि आफ्ना सदस्यहरूलाई सामूहिक जमानीमा लगानी गर्दछ । लगानीको क्षेत्र कृषि तथा लघु उद्यम राखी विनाधितो तथा स्वीकारयोग्य धितो लिएर कर्जा प्रवाह गर्दछ ।

यतिखेर यी संस्थाहरूको नियमन गर्न राष्ट्र बैंक नै असफल भयो भन्ने ध्वनि चर्कै छ । जसरी पनि मुनाफा कमाउने कमाउमार्गीले ऋणीहरूलाई दपेटिरहेका छन् । अनि जीवनबाट निरास र हतास कर्जाको भारी बोकेका टेक्ने धरातल र समात्ने हाँगो नपाएका जमात डोरीमा झुण्डिन, आगोमा आफैंबाट दन्किन, बिख पिउन, रक्सीको सहारा लिन र डिप्रेसनले उदास हुँदै जीवन समाप्त गर्ने क्रमले बढोत्तरी पाउने थिति देखिँदै गएको छ । यस्ता सामाजिक विशृंखलता मानव सभ्यताकै लागि चुनौती हो ।

जनताका छोराहरूको राजकाजमा यस्तो निर्मम परिवेश फराकिलो बन्दै जानु पक्कै अशुुभ संकेत हो । त्यसैले कोणकोणबाट प्रश्न उठिरहेको छ लघुुवित्तलगायत विभिन्न नामधारी वित्तीय संस्थाका चालकका चित्त माखाकै पित्त र एनिहाउ दाम कमाउ, पैसा देख्दा महादेवका तीन नेत्र नै भएका हुन् त ? ‘पैसा बटुल्न थालेपछि मनबाट ‘हरि’ हराउँछन् । धन र मन कहिल्यै स्थिर हुँदैन । आदि भनाइ आएका त्यसै होइन रहेछ । अस्तु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?