अर्गानिक मार्सी चामलदेखि बेसारसम्म ब्रान्डिङ गर्दै कृषि विकास कार्यालय

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । कृषि विकास कार्यालय कालीकोटले अर्गानिक उच्च मूल्यको मार्सी चामल, बेसार, स्याउलाई ब्रान्डिङ गर्दै बजारीकरणमा सहयोग गर्ने भएको छ ।

कालीकोटमा उत्पादन हुने अर्गानिक उच्च मूल्यका मार्सी चामल बेसार, स्याउ जस्ता कृषि वस्तुको एकद्वार रुपमा बिक्री बितरण नहुँदा पहिचान समेत हुन नसकेको कृषि अर्थ बिज्ञ बालकराम देवकोटाले बताउनुभएको छ ।

पहिचान बिनै बाहिरी बजारमा बिक्री भइरहेकोले यसलाई पहिचानसहित ब्रान्डिङ गर्दै बजारीकरणमा ढुवानीसहितको सहयोग गर्ने उहाँले बताउनुभयो ।

किसानले उत्पादन गरेको बस्तुको उत्पादन स्थलदेखी ३ किलो मिटर ढुवानीको ब्यवस्थाप कार्यालयले गर्ने देवकोटाले बताउनुभएको हो । ढुवानीसँगै उच्चमूल्यका कृषि जन्य बस्तुको एकद्वार प्रणालीमार्फत् देशका ठुलाठुला शहरमा बिक्री गर्ने व्यवस्था कार्यालयले मिलाउने  देवकोटाकाे भनाई छ ।

देवकोटाकाअनुसार पुरानो रैथाने बाली चिनो, कागुना र फापरको पनी उत्पादन हुँने क्षेत्र पहिचान भैरहेकाे छ । यसको पनी महत्व बढि भएकाेले उत्पादन र बजारीकरणमा सहयोग गर्ने पनि उहाँले बताउनुभयाे । अहिले एक किसानले ५ क्विन्टल माथिको कृषि बस्तुको ढुवानी कार्यालयले गर्ने समेत उहाँले जानकारी दिनुभयो ।

साथै उहाँले बिक्रिका लागी अर्गानिक कम्पोष्ट मलको पनि किसानलाई रेट निर्धारण गरेको र यसको लागी बजेट स्वीकृत भइसकेको बताउनुभयो । केही नयाँ र नौलो काम मात्र हैन कालीकोटमा उत्पादन हुँने उच्चमूल्य वस्तुको पहिचान गर्नमा आफू लागी परेको उहाँकाे भनाई छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि कार्यालयबाट सञ्चालन भइरहेका योजनाहरुबारे पनि जानकारी गराउँदै यो वर्षमा ५४ वटा सिचाँई पोखरी कुलो निर्माण भइरहेको उहाँले बताउनुभयो ।

अहिलेसम्म २० वटा योजनाहरुको निर्माण सम्झौता भइसकेको छन् । केही बाँकी छन् बाँकी योजनाहरुको अब केही दिनमै सम्झौता गरेर निर्माणका कामहरु छिटोछरितो अगाढी बढाउन निर्देशन दिने उहाँले बताउनुभयाे ।

कामै नगरी खाने प्रचलनको अन्त्य गर्न निर्माण हुँने योजनाहरुको अनुगमनमा कडा पारिने कार्यलय प्रमुख तथा अर्थ विज्ञ देवकोटाले बताउनुभयो । बिगतमा जे जस्ता कमजोरी भएपनी अवदेखी योजनामा कडा निगरानी बढाइने समेत उहाँकाे भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?