अमेरिकी साम्राज्यवाद पतन भयाे: राष्ट्रपति निकोलस मादुरो 

तस्बिरः सामाजिक सञ्जाल

रासस
Read Time = 2 mins

काराकस । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादको पतन भएको बताउनुभएको छ । अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उहाँले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताउनुभएको हो ।

“अमेरिकी साम्राज्यवाद पतन उन्मुख छ, अब ल्याटिन अमेरिका र क्यारेबियनका जनताको भलाइको लागि प्रस्ताव गर्न केही छैन, सबै अमेरिकी नीति पश्चगामी छन्,” राष्ट्रपति मादुरोले भन्नुभएको छ । यद्यपि ह्वाइट हाउसद्वारा प्रवर्तित अति-दक्षिण समूहहरूको अझै पनि प्रभाव रहेको उहाँले स्वीकार गर्नुभएको छ ।

अमेरिकाले ल्याटिन अमेरिकी समाजमा असहिष्णुता र घृणा उत्पन्न गराउन, लोकतान्त्रिक विरोधी, अधिनायकवादी, बहिष्करणका परियोजनालाई वित्तीय सहयोग गर्न चाहेकाे आरोप भेनेजुएलाका राष्ट्रपतिले लगाउनुभएको छ ।

उहाँले कठिन परिस्थितिमा पनि बहुध्रुवीय, बहुकेन्द्रित, नयाँ संसार, मानवताको साझा भाग्य निर्माणमा आफ्नो देशले योगदान गरेको बताउनुभयो । अमेरिकी साम्राज्यवादी आफू र आफ्नो देशका क्रान्तिकारी परियोजनालाई नष्ट गर्न उद्यत रहेका उहाँकाे भनाइ थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?