‘बुलाकी’को ‘नाच सुवा नाच’ सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘बुलाकीको गति ‘नाच सुवा नाच’ सार्वजनिक भएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को पहिलो गीत ‘नाच सुवा नाच’ सार्वजनिक भएको हो । सार्वजनिक गीतमा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारको रुपमा प्रस्तुत गरिएको छ ।

टोपेन्द्र विष्टले निर्माण गरेको चलचित्रको सार्वजनिक गीतमा गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत छ । गीतमा सिडी विजय अधिकारी र रचना रिमालको स्वर छ । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गर्नुभएको हो ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको चलचित्रमा ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले बुलाकीबाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्दैै हुनुहुन्छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोती विष्टको प्रस्तुति रहेको यो चलचित्रलाई शिव ढकालले छायांकन गर्नुभएको हो । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा राजबहादुर सानेको कथा, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्ट पटकथा तथा संवाद छ ।
डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा छायांकन गरिएको यो चलचित्र वैशाख १ गतेदेखि सिनेमाघरमा आउँदै छ । यही मितिमा चलचित्र ‘नाई नभन्नु ल ६’, ‘जारी’ र ‘बिहे पास’ पनि सिनेमाघरमा आउँदै छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?