अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो

Read Time = 3 mins

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । मंगलबार अमेरिकी डलर १३ पैसाले वृद्धि भएको छ ।

राष्ट्र बैंककाअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा तोकिएको छ । यसअघि सोमबार भने यसको खरिदमूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको थियो ।

मंगलबारका लागि एक युरोको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनकाे तुलनामा ४८ पैसाले वृद्धि भएको छ ।  यसअघि आइतबार पनि युरोको भाउमा ७५ पैसाले वृद्धि भएको थियो । सोमबार यसको खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ४ पैसा थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १५८ रुपैयाँ ३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा तोकिएको छ । सोमबार उक्त पाउण्डको खरिदमूल्य १५७ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १५८ रुपैयाँ २८ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८७ रुपैयाँ १९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा पाइन्छ।

यस्तै, मंगलबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३५ रुपैयाँमा ८६ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर मंगलबार ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ १५ पैसा र बिक्रीमा २९ रुपैयाँ २९ पैसा रहेकाे छ ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३४ पैसा तोकिएको छ । त्यसैगरी बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४० पैसामा किनबेच भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?