स्ववियु चुनाव : धवलागिरि क्याम्पसका निर्वाचन अधिकृतले दिए राजीनामा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

 बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पस बागलुङका निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले राजीनामा दिनुभएको छ । न्यौपानेले निर्वाचनका सम्पूर्ण कार्यतालिका क्याम्पसमा विकसित घटनाक्रमले गर्दा प्रभावित बनेको र निर्धारित समयमा चुनाव गराउने वातावरण नभएको भन्दै राजीनामा दिनु भएको हो ।

केही दिन अघि अखिल क्रान्तिकारीसहितका केही विद्यार्थी संगठनले सबै मतदाताको एकै प्रकारको परिचयपत्र बनाउनु पर्ने, फर्जी विद्यार्थी भर्ना भएकोमा मतदाताबाट हटाउनु पर्ने माग गरेर निर्वाचन कार्यालयमा ताला लगाएका थिए । विद्यार्थी संगठनले ताला लगाएपछि मनोनयन दर्ता रोकिएको थियो भने त्यस यताका कुनै पनि निर्वाचन गतिविधि हुन पाएका थिएनन् ।

मंगलबार विहान नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले उक्त ताला फोडेका छन् । नेविसंघले ताला फोडेपछि वामपन्थी विद्यार्थी संगठन र नेविसंघका विद्यार्थीले नारा जुलुस गरेका थिए । तोकिएको मनोनयन तालिकामा प्रकृया नथालेको भन्दै सोमबार साँझ क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय र निर्वाचन अधिकृत भक्तिराम न्यौपानेसहितको समूहलाई नेविसंघमा आवद्ध विद्यार्थीहरुले कार्यकक्षमै थुनेका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?