सिबिआइएलको नाम परिवर्तन

Read Time = 2 mins

काठमाडौं । सिबिआइएल क्यापिटल लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको चौथो विशेष साधारणसभाद्वारा पारित निर्णयअनुसार सिबिआइएलले प्रचलित नियम पालना गर्दै आफ्नो नाम परिवर्तन गरी सिटिजन्स क्यापिटल लिमिटेड कायम गरेको हो ।

नयाँ नामसँगै नयाँ ढंगले ग्राहक वर्गमा विशेष योजनासहित प्रस्तुत हुन लागेको कम्पनीको नाम परिवर्तनले संस्थाको ब्राण्डिङ थप सशक्त बनाउने कम्पनीको विश्वास छ ।

सिटिजन्स क्यापिटलले नयाँ योजनामा वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीलाई आइपिओ भरिदिने विशेष पिएमएस सेवा, डाक्टर पेशामा आबद्ध तथा अन्य पेशा/क्षेत्रबाट सेवानिवृत्त लक्षित विभिन्न योजनाका साथै लगानी व्यवस्थापन(पिएमएस) सेवामा निश्चित प्रतिफल दिने योजना संस्थाको फेसबुक पेजमार्फत् सार्वजनिक गरेको छ ।

नाम परिवर्तनका अवसरमा उक्त सेवा लिन चाहने पहिलो ५० ग्राहकलाई वार्षिक सञ्चालन शुल्कमा ५० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ । कम्पनीले दुर्ई अर्बभन्दा बढीको लगानी व्यवस्थापन तथा सिटिजन्स बैंकलगायतका अन्य कम्पनीलाई सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?