सेवाग्राहीबाट गुनासो संकलन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीबाट गुनासो संकलन गरिएको छ । “नगरौं, नगराऔं, नसहौं भ्रष्टाचारः देशका लागि अत्युत्तम हो सदाचार” भन्ने नाराका साथ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मीले प्रशासन कार्यालयमा आएका सेवाग्राहीबाट गुनासो संकलन गरेको हो ।

सुशासन अभियानले भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता विरुद्ध लामो समयदेखि निगरानी र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको छ । जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धमा सेवाग्राहीबाट गुनासो संकलन गरि समाधानका लागि पहल गर्ने उद्देश्ले यस्तो कार्यक्रम सञ्चालन गरिएको सुशासन अभियानका गुल्मी अध्यक्ष श्याम कुमार पाण्डेले बताउनुभयो ।

त्यस क्रममा सेवाग्राहीहरुले विभिन्न गुनासा राखेका छन् । उनीहरुले राष्ट्रिय परिचयपत्रको पुनःनम्बर प्राप्तिका लागि समस्या भएको, पुनः नम्बर प्राप्तिका लागि प्रशासनले जानकारी गराएको कल सेन्टरमा फोन गर्दा फोन नउठेको, सोही जानकारीका लागि मात्रै धेरै समय र पैसा खर्च गरेर जिल्लामा आउनु परेकोलगायतका गुनासो गरेका संस्थाका उपाध्यक्ष ढुण्डीराज पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट तत्कालै सम्बोधन गर्ने समस्या समाधान भएका र केही गुनासाहरुका सम्बन्धमा भने प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र मार्फत जानकारी गराउने अभियानका सचिव विनोद पाण्डेले बतानुभयो ।

यस संस्थाले स्थापनाकाल देखि ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालसंग आवद्ध भई काम गर्दै आइरहेको छ । संस्थाले राष्ट्रिय तथा जिल्लास्तरमा विद्यमान आर्थिक भष्ट्रचार र सार्वजनिक अधिकारको दुरुपयोगलाई संगठित र संस्थागत रुपमा प्रतिरोध गर्दै सामाजिक क्रियाकलाप तथा आर्थिक कारोबार सम्बन्धी पद्धति व्यवहारमा शुद्धता र समन्वयलाई प्रोत्साहित गर्नका लागि विभिन्न रचनात्मक काम गर्दै आइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?