घटेका छैनन् सामुदायिक विद्यालयमा विद्यार्थी

हिमालय टाइम्स
Read Time = 3 mins

बुटवल । कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीहरूको अभाव र शिक्षाको गुणस्तरमा प्रश्न उठ्छ । निजी विद्यालयहरूसँगको प्रतिस्पर्धाका कारण सामुदायिक विद्यालयहरूलाई प्रश्न उठ्नु स्वाभाविक पनि हो । तर, सबै सामुदायिक विद्यालय भने सोचेजस्तो कमजोर छैनन् । बरु निजी विद्यालयहरू भन्दा अब्बल र निजी विद्यालयहरूसँग प्रतिस्पर्धाका लागि निम्तो दिने पनि छन् ।

त्यसैमध्येको एक हो रुपन्देहीको बुटवलस्थित कान्ति माध्यमिक विद्यालय । बुटवलका केही सामुदायिक विद्यालयहरूले निजी शिक्षण संस्थाहरूको दबाबलाई तोड्दै मुलुककै अब्बल विद्यालयको रूपमा आफूलाई स्थापित गरेका छन् । बुटवल कालिका माध्यमिक विद्यालय र कान्ति माध्यमिक विद्यालयले निजी शिक्षण संस्थाहरूको भन्दा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको स्थानीयहरू बताउँछन् । त्यसैले पनि सो क्षेत्रका विद्यार्थीहरूको रोजाइमा कान्ति माध्यमिक विद्यालय पर्ने गरेको छ ।

विद्यालयमा विद्यार्थीहरूको चाप बढेसँगै विद्यालयको भौतिक संरचनाहरू व्यवस्थित बनाउने काम भइरहेको विद्यालय स्रोत बताउँछ । कान्ति माध्यमिक विद्यालयमा अहिले पाँच हजार भन्दा बढी विद्यार्थीहरूले अध्ययन गर्छन् । विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यार्थीहरूका अभिभावकको चाहनाअनुसार कक्षा १० र १२ मा पढ्ने केही विद्यार्थीहरूको लागि होस्टेल सुरुवात गरेकोसमेत बताउनु भयो ।

उहाँले विद्यालयको भौतिक संरचना पूरा हुने चरणमा रहेको बताउनुभयो । उहाँले विद्यालयमा रहेका संरचनालाई पूर्णरूपमा प्रयोगमा ल्याएको पनि बताउनु भयो । नमुना विद्यालय छनोट कार्यक्रममा कान्ति माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयसमेत बनिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?