प्याजको बीउबाट लाखौँ आम्दानी गर्दै बैतडी थलाल गाउँका किसान

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–२ थलाल गाउँका किसानहरुले प्याजको वीउबाट लाखौँ आम्दानी गर्ने गरेका छन् । विगत दुई वर्षदेखि यहाँका किसानहरुले प्याजको बीउ उत्पादन गरी वार्षिक लाखौँ आम्दानी गरेका हुन् । गाउँका २५ जना महिलाहरु मिलेर समूह नै गठन गरी रुडेस र अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा उनीहरुले प्याजको वीउ उत्पादन गरिरहेका छन्।

एक कृषकले बार्षिक ६० किलोदेखी १ क्वीन्टलसम्म प्याजको वीउ उत्पादन गरिरहेका स्थानीय किसान कुसुम थलालले बताउनुभयो । ३ हजार रुपैयाँ प्रतिकिलोका दरले बिउ बिक्रि हुने गरेको बताउँदै उहाँले बजारको समेत समस्या नरहेको बताउनु भयाे । ‘२५ जनाको हाम्रो समुह छ, प्रत्येक महिलाले ६० किलोदेखि १ क्वीन्टलसम्म उत्पदान गर्दै आएका छौँ, सहकारीसँग सम्झौता गरी बिक्रि गर्छाै, बजारको समस्या छैन’ उहाँले भन्नुभयो ।

थलाल गाउँमा मौसमी तथा बेमौसमी सबैखालका कृषि उपज उत्पदान हुने गरेको किसानहहरु बताउछन् । अन्य खेतीको तुलनामा प्याजको वीउ उत्पादनबाट तेब्बरले फाइदा हुने गरेको अर्की किसान निरा थलालको भनाइ छ । ‘विगतमा तरकारी खानको लागि मात्रै प्याज लगाउथ्यौँ । गत वर्षदेखि प्याजको वीउ उत्पदान गर्ने गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘आम्दानी पनि बढेको छ ।’

गाउँमा २५ जना महिलाको कृषक समुह गठन गरी आवस्यक प्राबिधिक तथा आर्थिक सहयोग गरी किसानहरुलाई प्याजको बिउ उत्पादनमा सहयोग गरीरहेको रुडेस बैतडीका कार्यक्रम अधिकृत गोपाल भाटले जानकारी दिनुभयो । थलालगाउँका २५ जना महिलाले प्याजको वीउ उत्पादनबाट १२ देखि १५ लाख रुपैयासम्म आम्दानी गर्ने उहाँले बताउनुभयो ।

यहाँ उत्पदान भएको प्याजको बिउ नार्कबाट समेत सर्टीफाइड गरिएको बिउ हो । सिचाईको सुबिधा भएको अवस्थामा व्यवसायिक खेती बृद्धि गर्न सकिने यहाँका किसानहरुले बताएका छन् । सिचाई प्रयाप्त नहुदा थप खेती गर्न नसकिएको मानमती बोहरा थलालले बताउनुभयो । ‘सिचाई सुबिधा छैन, जनतेन तरकारी खेती गरीरहेका छौँ, सिचाई सुबिधा भएको अवस्थामा प्याजको उत्पादन वीउ उत्पादन संगै अन्य तरकारी खेती अझै बढाउन सकिन्थ्यो,’ उहाँले भन्नुभयो ।

वडा नम्बर २ का वडाअध्यक्ष सूर्यबहादुर बोहराले मुहान अभावमा गाउँमा सिचाई पु-याउन समस्या भइरहेको बताउनुभयो । लिफ्ट प्रबिधिबाट सिचाई सुबिधा पु-याउनको लागि प्रदेश र संघीय सरकारबाट माग गरिरहेको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?