कविता : हाँस बैँशालु हाँस !

बद्रीप्रसाद दाहाल
Read Time = 2 mins

लामा छन् केश त्यस्तै उपनयन सफा दृष्टि लाम्चा बदामी ।
राता टीका झझल्की जगमग भइछौ मन्द मुस्कान नामी ।।
सेता छन् कण्ठमाला वदन शशि आहा, दन्त ठ्याक्कै हिमाल ।।
फुल्दैछन् पूmल तिम्रा तनमनभरि नै चैतकी हौ वहार ।।

भन्छन् को हो ? चरीले परिचय नदिई वाटिकामा नआऊ ।
उल्टै कड्केर बोलिन् प्रियतम कविता मात्र ऐँसेलु खाऊ ।।
सम्झेँ ती ओठजस्तै रसरङ भरिला, दिव्य कैडर्य (काफल) झुप्पा ।
भो भो भन्थे चराले तर पनि मुखले मार्न थालेँ म चुप्पा ।।

गर्मी सारा धपाई चपल दलहरू हल्लिँदै पङ्ख खोले ।
सेनाझैँ ठिंग उभिई विटपगण मिली स्वस्ति नै ठोक्नु ठोके ।
भूूँभूँभूँ भुन्न छर्दै भ्रमर हुल आहा नाचगाना सजाई ।
प्यूँदैछन् पुुष्पभित्रै सुररस अहिले मत्त हुुन्छन् रमाई ।।

लठ्ठै पार्दैछ क्वैली, सुुमधुर धुनमा प्रीतिको प्यास पोखी ।
लुुक्दै छिप्दै लताका गृहपरिसरमा भो नबस्द्यौ न ! जोखी ।।
झर्ना डाँडा रमाए शिखर हिमचुली नाच बैँशालु नाच ।
लज्जा आँै शर्म छोडी प्रणयरस पिऔँ, हाँस बैँशालु हाँस ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?