नवजोत सिंह सिद्धु पटियाला जेलबाट रिहा

Read Time = 3 mins

एजेन्सी । नवजोत सिंह सिद्धु पटियाला जेलबाट रिहा हुनुभएको छ । रोड रेजको मुद्दामा सिद्धुलाई एक वर्षको जेल सजाय सुनाइएको थियो । तर, दश महिना जेल बसेपछि उहाँ रिहा हुनुभएको हो ।

गतवर्ष सर्वोच्च अदालतले सन् १९८८ को रोड रेज मुद्दामा सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको थियो । यसपछि सिद्धुले आत्मसमर्पण गर्नुभएको थियो । सिद्धुमाथि पटियालामा पार्किङको विषयमा विवाद भएपछि २६ डिसेम्बर १९८८ मा ६५ वर्षीय गुरनाम सिंहमाथि आक्रमण गरेको आरोप छ । आक्रमणमा परी घाइते हुनुभएका गुरनाम सिंहको मृत्यु भएको हो ।

यस मामिलामा तल्लो अदालतले नवजोत सिद्धुलाई सफाइ दिएपछि पीडित परिवारले उक्त निर्णयलाई उच्च अदालतमा चुनौती दिएका थिए । नवजोत सिद्धुलाई उच्च अदालतले तीन वर्षको जेल सजाय सुनाएको थियो ।

यसपछि सिद्धुले उच्च अदालतको यो निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिनुभएको थियो । १५ मे, २०१८ मा, सर्वोच्च अदालतले उच्च अदालतको यो निर्णयलाई उल्टाएको थियो । तर, मे २०१८ मा पीडितका आफन्तले सर्वोच्च अदालतको फैसलाविरुद्ध रिभ्यु पिटिशन दायर गरेका थिए । त्यसपिछ सर्वोच्च अदालतले १९ मे २०२२ मा सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको थियो । यससँगै एक हजार रूपैयाँ जरिवानासमेत गरिएको छ ।

कांग्रेस नेता समेत रहनुभएका नवजोत सिंह सिद्धुले राहुल गान्धीको प्रशंसा गर्नुभएको छ । उहाँले राहुललाई क्रान्तिको पर्याय भन्नुभएको छ । ‘जब-जब तानाशाही आए तब एक क्रान्ति पनि आएको छ र यस पटक यो क्रान्तिको नाम राहुल गान्धी हो,’ उहाँले भन्नुभयो । ‘हामी सरकारलाई हल्लाएर राख्नेछौँ,’ उहाँले चेतावनी युक्त लवजमा भन्नुभयो । सिद्धुले भन्नुभयो, ‘संविधानलाई म आफ्नो ग्रन्थ मान्छु ।

नाशाही भइरहेको छ । जुन संस्था संविधानको शक्ति थियो, त्यही आज दास बनेको छ । म डराउँदिनँ ।’ उहाँले थप्नुभयो, ‘म मृत्युसँग डराउँदिनँ किनभने म जे गर्छु, त्यो पञ्जावको आउँदो पीढीका लागि हो । अहिले लोकतन्त्र नामको कुनै चिज नै छैन । पञ्जावमा राष्ट्रपति शासन ल्याउने षड्यन्त्र रचिँदै छ, अल्पसंख्यकलाई निशाना बनाइँदै छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?