मर्मतका लागि मनकामना केबुलकार बन्द हुने

Read Time = 1 min

काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मतसम्भार कार्यका लागि बुधबार एक दिन केबुलकार सेवा बन्द हुने भएको छ । केबुलकार टावरको मर्मतसम्भार सकिएलगत्तै बिहीबारदेखि सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ ।

सो अवधिभर केबुलकार बटम स्टेसनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछन् । कम्पनीले मनकामना केबुलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?