बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार बिहान ११ः३० बजेको समयमा देहीमाण्डौ-गिरेगडा सडकखण्ड अन्तर्गत जिल्लाको पञ्चेश्वर गाउँपालिका-५ तिलकपुर स्थित भन्ने स्थानमा दुर्घटना हुँदा सोही वडाको मसिनाका ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको हो ।

गणमेश्वरबाट देहिमाण्डौतर्फ आइरहेको से १ ज २९५ नं को जिप दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । जिपमा १२ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य सवार ११ जना घाइते भएका छन् ।

घाइतेको उद्धार कार्य जारी रहेको प्रहरी निरिक्षक खत्रीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेत्तृत्वमा सुरक्षा निकायका प्रमुखहरुको टोली समेत घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

जिपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप सडकबाट करिब ७० मिटर तल खसेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?