मिटरब्याजीको आरोपमा जनमत पार्टीका नेता पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । सप्तरीमा मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मालाई सोमबार बिहान राजविराजबाट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरीले  शर्मालाई ठगी गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेका शर्मा माथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?