जान्हवी कपुरको आकर्षक लुक्स

Read Time = 2 mins

एजेन्सी । चलचित्र ‘धडक’बाट बलिउडमा आफ्नो अभिनय यात्रा सुरु गर्नुभएकी अभिनेत्री जान्हवी कपुर स्टाइलिश र प्रतिभाशाली अभिनेत्री हुनुहुन्छ । सन् २०१८ मा बलिउडमा प्रवेश गर्नुभएको उहाँले ‘दोस्ताना-२ गुञ्जन सक्सेना रुही अफजना’जस्ता कथानक चलचित्रमा काम गर्नुभएको छ ।

जान्हवीकी आमा बलिउडकी पहिलो सुपरस्टार महिला अभिनेत्री श्रीदेवी हुनुहुन्छ । उहाँले छोरी जान्हवीलाई बलिउडमा ल्याउन चाहनुहुन्थेन भने उहाँका पिता बोनी कपुरको चाह भने कला क्षेत्र नै थियो । त्यसले जान्हवीले बलिउडमा आफ्नो पाइला अगाडि बढाउनुभयो ।

अभिनेत्रीले हालै आफ्नो इन्स्टाग्राम हृयाण्डलमा आफ्ना केही तस्वीर शेयर गर्नुभएको । यी तस्वीरले तारिफ बटुलेका छन् । जान्हवी कालो-सिल्भर मेटालिक अफ-शोल्डर ड्रेसमा आकर्षक देखिनुभएको छ । उहाँको यो लुक इन्टरनेटमा भाइरल भइरहेको छ ।

अभिनेत्रीले यो अफ-सोल्डर गाउनलाई सिल्भर कलरको सलसँग क्यारी गरेको छ, जुन धेरै प्रभावशाली छ । अर्कोतर्फ, जान्हवीले भारी नेकलेस, टिक्का र चुरा लगाएर आफ्नो सम्पूर्ण लुकलाई पूरा गर्नुभएको छ । उहाँले यस लुकका लागि न्युट्रल मेकअप रोज्नुभएको छ । खुला कपालले उहाँको लुक्समा थप आकर्षण थपेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?