बसकाे ठक्करले साइकल यात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।

पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएपछि रत्ननगर नगरपालिका-१ का ७५ वर्षीय कुलप्रसाद पराजुलीकाे मृत्यु भएकाे हाे ।

ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटना आज बिहान १० बजे भएको हो ।

ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?