मधेस प्रदेश सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरूले दिए राजीनामा

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ।

एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाउनु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उहाँहरूले राजीनामा बुझाउनु भएको हो । केन्द्रमा समीकरण फेरिएपछि प्रदेश सरकारमा बस्न असहज भएको भन्दै एमाले बाहिरिएको हो ।

हिजोमात्र मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गर्नुभएको थियो । २७ पुसमा एमालेको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

केन्द्रमा बनेको गठबन्धनअनुसार मधेश प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?