दराजबाट सामान किन्दा टिभी उपहार

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना ल्याएको छ । योजनामा सहभागी हुन बैंकका ग्राहकले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ ।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको योजना २०७९ चैत २१ देखि वैशाख ९ गतेसम्म लागू रहनेछ । योजनाको अन्त्यमा सहभागीमध्ये एकजना भाग्यशाली विजेता छनोट गरिने र विजेताले ५५ इञ्च वेस्तेल स्मार्ट लिड टिभी पाउने बैंकले जनाएको छ । बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवद्र्धन रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?