कोशी प्रदेश नामाकरणमा कमजोरी भएकाे स्वीकार्दै पहिचानकै पक्षमा उभिने माओवादीको निर्णय

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामाकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ ।

पार्टी निर्णयबारे जानकारी दिनुहुँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामाकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताउनु भयो ।

उहाँले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामाकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिनुभयो । त्यसै आन्दोलनको क्रममा निधन भएकाहरुलाई सहिद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बैठकले ३ वटा निर्णयहरु गरेको छ । एउटा, पूर्वमा कोशी प्रदेश नामाकरण भयो । त्यस विषयमा आन्दोलन उठिरहेको छ । त्यसमा हाम्रो पार्टीप्रति के हो अडान भन्ने प्रश्न उठेको पाइयो । हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ । पहिचानकै पक्षमा अडान राख्नुपथ्र्यो त्यतिखेर अलिकति कमजोरी भएको छ । अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भन्नेकुरा रिजर्भेसन राख्ने कुरा भएको छ । अर्को निर्णय, आन्दोलन उठिराखेको छ । आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने, राहत दिने विषयमा पनि सरकारसँग माग गर्ने कुरा भएको छ । छानबिन भइरहेको छ । के कसरी भएको हो भन्ने सरकारले गर्छ । हामीचाहीँ शहीद घोषणा गर्नुपर्छ । र राहत दिनुपर्छ भन्ने पक्षमा छौँ । तेस्रो कुरा, मिटरब्याजीहरुको आन्दोलन चलिरहेको छ त्यो विषयमा हामी मिटरब्याजी पीडितहरुकै पक्षमा छौँ भन्ने कुरा सरकारले छानबिन गर्नुपर्छ । अध्ययन गर्नुपर्छ । वार्ता, सम्वादबाट समस्याको हल खोज्नुपर्छ ।’

बैठकले मिटरब्याजी पीडितहरुको पक्षमा माओवादी केन्द्र पनि रहेको भन्दै सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने भनि निर्णय गरेको छ । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उपाध्यक्ष महराले सरकारले बिहीवारसम्म पूर्णता पाउने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?