तेक्वान्दोका रेफ्री ढकाल सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ । खेलकुदका माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले उहाँलाई सम्मान गरेको हो ।

सो अवसरमा राजदूत भरतकुमार रेग्मीले राजदूतावासमा नेपाली ढाका टोपी र खादा लगाएर सम्मान गर्नुभएको रेफ्री ढकालले बताउनुभयो । युरोपेली देशमा सञ्चालन हुने विश्व वरीयताका खेलमा निर्णायकको भूमिकामा रहनुभएका ढकाल नेपालको प्रतिनिधित्व गर्दै अष्ट्रियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि त्यहाँ पुग्नुभएको हो ।

ढकाल स्पेनको अलिकान्टे शहरमा सञ्चालन हुने प्रतियोगितामा समेत सहभागी हुने बताइएको छ । केही महिनाअघि ढकाल उज्वेकिस्तानको तास्कन्दमा ‘पेरिस ओलम्पिक, २०२४’ को अन्तर्राष्ट्रिय रेफ्री छनोट तालिममा सहभागी हुनुभएको थियो । उहाँले यसअघि बेल्जियम, स्पेन, फ्रान्स, पाकिस्तान, जर्मनी र चीनमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?