नेपोलीको संघर्षपूर्ण जित

Read Time = 2 mins

नेपोली । इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा रहेको नेपोलीले संघर्षपूर्ण जित निकालेको छ । नेपोलीले घरेलु टोली लेसमाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो । नेपोलीको जितमा जियोभानी डि लोरेन्जोले गोल गर्दा एक गोल उपहार पाएको थियो । लेसका फेडरिको डि फ्रान्सिस्कोले गोल फर्काउनुभयो ।

खेलको १८औँ मिनेटमा जियोभानी डि लोरेन्जोको गोलबाट नेपोलीले अग्रता लियो । ५२औँ मिनेटमा फेडरिकोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । ६४औँ मिनेटमा लादमिरो फाल्कोनले आत्मघाती गोल गरेपछि नेपोलीले खेल २-१ ले जित्यो ।

यस जितसँगै शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ । नेपोलीको २९ खेलबाट ७४ अंक पुगेको छ । एक खेल कम खेलेको लाजियोको ५५ अंक छ । पराजित लेस २७ अंक जोडेर १६औँ स्थानमा छ ।

अर्काे खेलमा इन्टर मिलान घरेलु टोली सालेरनिटानासँग १-१ गोलको बराबरीमा रोकियो । इन्टरका रोविन गोसेन्सले गोल गर्दा सालेरनिटानाका एन्टोनियो कानड्रेभाले अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभयो । यस बराबरीसँगै इन्टर २९ खेलबाट ५२ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ । सालेरनिटाना २९ अंक जोडेर १५औँ स्थानमा छ ।

यस्तै, एसी मिलान पनि इम्पोलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यस बराबरीले मिलान २९ खेलबाट ५२ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ । इम्पोली ३२ अंक जोडेर १४औँ स्थानमा छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?