धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना, दुई जनाको सकुशल उद्धार

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 1 min

बागलुङ । धौलागिरी बेसक्याम्पमा हेली एभरेष्टको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर ‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

हेलिकप्टरमा क्याप्टेन प्रिया अधिकारीसहितदुई जना रहेको र उनीहरुको सकुशल उद्धार गरि काठमाडौँ पठाइएको पौडेलको भनाई छ ।

धौलागिरी बेसक्याम्पमा सामान पुर्‍याउन गएको हेलिकम्पट दुर्घटनामा परेको प्रजिअ पौडेल बताउनुभयाे ।

हेलिकप्ट विहान ११ः११ बजे सम्पर्कविहीन भएकोमा डेढ घण्टापछि सम्पर्कमा आएको उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?