बक्सिङमा बागमती र एपिएफ च्याम्पियन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । बागमती प्रदेश र नेपाल एपिएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपिएफ महिलामा च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा बागमती एक स्वर्ण, तीन रजत र दुई कांस्यसहित टिम च्याम्पियन बन्यो । ६ स्पर्धा समावेश पुरुषतर्फ एपिएफ, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी र लुम्बिनीले पनि समान एक÷एक स्वर्ण जिते । बागमती रजतका आधारमा पहिलो भएको हो । एपिएफले स्वर्णबाहेक दुई रजत र एक कांस्य जितेको थियो ।

महिलामा पनि ६ वटै स्पर्धामा भिडन्त भएकोमा एपिएफले तीन स्वर्ण, एक रजत र एक कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी चुम्यो । बागमतीले दुई स्वर्ण तथा प्रहरीले एक स्वर्ण हात पारे ।

वीर गणेशमान सिंह फाउण्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रविन थापा उत्कृष्ट खेलाडी घोषित हुनुभयो । महिलामा आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर नेपाली बक्सिङमा इतिहास रचेकी अञ्जनी तेली उत्कृष्ट खेलाडी चुनिनुभयो । बागमतीका दुई खेलाडीले उत्कृष्ट भएबापत समान २५-२५ हजार नगद पुरस्कार पाउनुभयो । रविन र अञ्जनी आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता हुनुहुन्छ ।

प्रतियोगिताको अन्तिम दिन १२ वटै स्वर्णको छिनोफानो भएकोमा पुरुष ५१ केजी तौलसमूहमा रविन थापाले फाइनलमा एपिएफका आश तामाङलाई पराजित गर्नुभयो । ५७ केजीमा कोशीका सुरेन्द्र राई पहिलो हुनुभयो । उहाँले फाइनलमा बागमतीका सुलभ मालीलाई हराउनुभयो ।

६३.५ केजीमा साग स्वर्णधारी प्रहरीका भुपेन्द्र थापा पहिलो हुनुभयो । उहाँले फाइनलमा एपिएफका सोनाम सार्कीलाई पाखा लगाउनुभयो । ७१ केजीको फाइनलमा सुदूरपश्चिमका भरत चन्दले कोशीका प्रशान्त दाहालमाथि जित रच्दै शीर्ष स्थानमा रहनुभयो । ८० केजीमा लुम्बिनीका हेमराज रावलले बाजी मार्नुभयो । उहाँले फाइनलमा बागमतीका मनोज तामाङको चुनौती पन्छाउनुभयो । ९२ केजी फाइनलमा एपिएफका रविन नेपालले बागमतीका उमंग महर्जनलाई हराउँदै स्वर्ण चुम्नुभयो ।

विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, आयोजक गणेशमान सिंह स्पोर्ट्स समितिका संयोजक सञ्जीव तुलाधर, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ संघका पूर्वअध्यक्ष राजीव श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपती, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?