चर्को स्वरमा गीत बजाएको भन्दै आपत्ति जनाउने गर्भवती महिलाको गोली हानी हत्या

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँ दिल्ली । दिल्लीको सिरासपुरमा छिमेकीले चलाएको गोली लागेकी ३० वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ ।

गोली लागे पछि अस्पताल पुर्‍याईएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त महिलाको गर्भपातसमेत भएको थियो ।

यसरी मृत्यु भएकी  रञ्जुलाई अप्रिल ३ मा उनका  छिमेकी हरिशले गोली हानेको थिए । हरिशको घरमा आयोजित कार्यक्रममा चर्को स्वरमा संगीत बजाए पछि सानो स्वरमा बजाउन आग्रह गर्न गएकी महिलाको आरोपीले गोली प्रहार गरेका थिए ।

डेपुटी कमिश्नर अफ पुलिस (आउटर दिल्ली) रवि कुमार सिंहले भने, ‘त्यस पछि उनी माथी गोली हानियो, गोली लागे पछि ती महिलाको गम्भिर अवस्थामा रहेको पाईएपछि उनलाई महानगरीय अस्पताल लगिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।’

प्रहरीले मृतक मञ्जुका छिमेकी हरिशबिरुद्ध मुद्धा दर्ता गराएको छ । प्रहरीकाअनुसार एफआईआरमा उनलाई भारतीय दण्ड संहिताको धारा-३०२ (हत्या)को आरोप लगाईएको छ ।

घटनामा संलग्न हरीशसहित उनका साथी अमितलाईसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो घटनामा अमितको बन्दुक प्रयोग भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?