आर्सनल र लिभरपुलको बराबरी

Read Time = 2 mins

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । आर्सनल र लिभरपुलबीचको खेल दुई-दुई गोलको बराबरीमा सकिएको हो । लिभरपुलका गाब्रिएल मार्टिनेली र गाब्रिएल जेससले गोल गर्दा लिभरपुलका मोहम्मद सलाह र रोबर्टाे फिर्मिनोले बराबरी गोल फर्काउनुभयो ।

खेलको आठौँ मिनेटमा मार्टिनेलीको गोलबाट आर्सनलले अग्रता लियो । २८औँ मिनेटमा गाब्रिएल जेससले मार्टिनेलीकै पासमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर पार्नुभयो । खेलको ४२औँ मिनेटमा सलाहले लिभरपुलका लागि गोल फर्काउँदा पहिलो हाफ दुई-एकको स्थितिमा रहृयो ।

निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी फिर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट जोगाउनुभएको थियो । यस बराबरीसँगै शीर्षस्थानमा रहेको आर्सनलले आफ्नो अग्रता थप बढाउने मौका गुमाएको छ । आर्सनलले शीर्षस्थानमा ६ अंकको अग्रता कायम गरेको छ ।

आर्सनलको ३० खेलबाट ७३ अंक रहँदा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ६७ अंक छ । लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?