लिभरपुल र चेल्सीको गोलरहित बराबरी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन् ।

शनिबार राति एन्फिल्डमा खेलमा दुबै टोलीले पाएका गोलका राम्रा अवसर गुमाउँदा खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

एनफिल्डमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

खेलको तेस्रो मिनेटमा चेल्सीका काइ हार्भट्जले गोल गरेका थिए । तर, भीएआरले उनलाई अफसाइड देखाएपछि गोलले मान्यता पाएन ।

यो नतिजापछि लिभरपुल शीर्ष चार भन्दा ९ अंकले पछि परेको छ। ८ औँ स्थानमा रहको योगर्न क्लोपको टोली लिभरपुलको १९ खेलबाट २९ अंक छ।

खेलपछि लिभरपुलले छैठौं स्थानमा उक्लने मौका गुमायो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?