याडिया नयाँ विद्युतीय स्कुटर

Read Time = 1 min

काठमाडौं । नेपालस्थित याडिया ब्राण्डको विद्युतीय स्कुटरको आधिकारिक बिक्रेता कुजु प्रालिले नयाँ विद्युतीय स्कुटर ई ८ एस प्रो नेपाली बजारमा ल्याएको छ । प्रिमियम सेगमेन्टको विद्युतीय स्कुटरको मूल्य दुई लाख ३० हजार रुपैयाँ रहेको छ ।

नयाँ वर्षका अवसरमा ग्राहकले जम्मा १० हजार रुपैयाँमा ई ८ एस प्रो बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । तर, अफर र इन्ट्रडक्टरी मूल्य पहिलो ५० जना ग्राहकलाई मात्रै लागू हुनेछ । ई ८ एस प्रोमा ग्राफिन ब्याट्री र टिटिएफआर मोटर जडित छ भने दुई वर्ष वारेन्टी अथवा २० हजार किलोमिटरसम्म वारेन्टी रहेको छ । स्कुटीको टप स्पिड भने ६० किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटर एकपटकको चार्जमा १५० किलोमिटरसम्म गुड्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?