युभेन्ट्ससँग स्पोर्टिङ सिपी पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । युइएफए युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई पराजित गरेको छ ।

एलिएन्ज स्टेडियम टुरिनमा बिहीबार राति भएको खेलमा युभेन्ट्सले सिपीलाई १–० ले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा दोस्रो हाफमा फेडरिको गाट्टीले गरेको गोल गरेका थिए, जुन निर्णायक बन्यो ।

यो जितसँगै युभेन्ट्सले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

स्पोर्टिङलाई सेमिफाइनलमा पुग्न कम्तीमा २–० को जित आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?