एपिएफलाई भलिबलको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई तीन-एकको सेटमा हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।

एपिएफले पुलिसमाथि २५-२०,१८-२५, २५-१६ र २५-२२ को सेटमा जित निकालेको हो । उपाधिसँगै एपिएफले चार लाख नगद प्राप्त गरेको छ । उपविजेता पुलिसले २ लाखमा चित्त बुझाएको छ । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा रहृयो । गण्डकी प्रदेशलाई तीन-शून्यको सेटमा हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको हो । तेस्रो भएसँगै आर्मीले १ लाख र चौथो भएको गण्डकीले ५० हजार प्राप्त गरेको छ ।

त्यसअघि विभागीय टोली नेपाल एपिएफले पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै अर्को विभागीय टोली नेपाल आर्मीलाई तीन–दुईले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा प्रहरीले गण्डकीलाई २५-२२, २५-२० र २५-२१ ले हराउँदै एपिएफसँग उपाधि भिडन्त पक्का गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?