धारिलो हतियार प्रहार गरि युवकको हत्या

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

जोशीको शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । खत्रीकाअनुसार जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको छ ।

वासुदेवको कसले र किन हत्या गरेको हो ? भनेर खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?