कविता : जलेको धर्ती

हिमालय टाइम्स
Read Time = 1 min

✍️ ज्ञानप्रसाद भट्टराई

सृष्टिको सिर्जना हेर, सृष्टि आफैँ छ सर्जक
सृष्टिभित्र बसी मनु, भन्छन् मनै हुँ सर्जक
दिन भो रातझैँ सारा, लुट यहाँ जताततै
नक्कली भेषले सारा, देश खाए जताततै ।

धर्ती भयो सबै कालो, घाम उदाउँदा पनि
खोज बुद्ध यहीँ नै छन्, धर्ती कालो भए पनि
स्वच्छ यो मन भो कालो, धर्ती कालो भएपछि
घु¥यानमा बसी मौरी, मह टिप्छ सधैँ भरि ।

बलेको मनको दीप, धर्ती यो जग्मगाउँछ
निभेको रातमा दीप, धर्ती सारा जगाउँछ
हिरण्यको बनी छोरो, प्रल्हाद पनि जन्मिए
जन्म प्रल्हाद नेपाल, कोख खाली गरी दिएँ ।

जल तिमी दियो जस्तै, अँध्यारो छ जहाँजहाँ ।
आऊ लडौँ सँगै साथ, असुरहरू छन् जहाँ ।।
जलेकी छिन् पृथ्वीमाता, असुर छन् जताततै ।
जन्म कृष्ण तिमी फेरि, कंस नासौं सँगै-सँगै ।।
समाप्त ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?