सोसल साइट दुरुपयोगले हद नाघ्यो : गोकुल बाँस्कोटा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रतिनिधिसभा उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघेको टिप्पणी गर्नुभएको छ ।

सोमवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले यस्तो टिप्पणी गर्नुभएको छ ।

उहाँले प्रश्न र जवाफदेहिताभन्दा माथि कोही पनि नभएको बताउनुभयो । यस्तै उहाँले कानून खै भनेर प्रश्नसमेत गर्नुभयो ।

उहाँले लेख्नुभएको छ, ‘लोकतन्त्र त्यो प्रणाली हो, जहाँ सबैलाई बोल्ने हक छ । कसैप्रति समर्थन र आलोचना गर्ने छुट छ । प्रश्न र जवाफदेहिताभन्दा माथि कोही छैन । उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघ्यो । म जान्दिनँ तर कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा ४० वर्षअघि नै नेपाली कालीगढले चागुनारायण बनाएका थिए । कानून खै ?’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?