जोशी हाइड्रो र लक्ष्मी क्यापिटलबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा जोशी हाइड्रोका अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गर्नुभएको छ ।

जोशी हाइड्रोले हालको चुक्ता पुँजी ३७ करोड १४ लाखको प्रतिसेयर अंकित सय दरले एक कित्ता सेयरको ०.६५ प्रतिशतको अनुपातमा २४ लाख १४ हजार एक सय कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?