सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप सुरु

Read Time = 2 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन सञ्जय लामा ६-अण्डर ६६ को प्रदर्शनसहित शीर्षस्थानमा रहनुभएको छ । गोकर्ण गल्फ क्लबमा पहिलो दिन रवि खड्का र राजेन्द्र श्रेष्ठ प्रधानलाई ३ स्ट्रोकले पछि पार्दै सञ्जय शीर्षस्थानमा उक्लिनुभएको हो ।

रवि र राजेन्द्रले पहिलो १८ होलको खेल ३-अण्डर ६९ मा पूरा गर्दै संयुक्तरूपमा दोस्रो स्थान बाँड्नुभयो भने प्रोफेसनल गल्फर भुवबहादुर गुरुङ तथा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ र छैटौँ प्रतियोगिता विजेता एमरच्योर सदभाव आचार्य २-अण्डर ७० सहित संयुक्तरूपमा चौथो स्थानमा रहे । सूर्य नेपाल प्रालिको प्रायोजन तथा प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगितामा प्रो. तोरणविक्रम शाही तथा एमेच्योर गल्फर युवराज भुजेल, टासी छिरिङ र विजय श्रेष्ठले १-अण्डर ७१ सहित संयुक्तरूपमा सातौँ स्थान बाँडेका छन् ।

इभन-पार ७२ को नतिजामा प्रो. भुवनकुमार रोका र एमेच्योर सुरेश तामाङ संयुक्तरूपमा ११औँ स्थानमा रहेका छन् । कुल आठ लाख नगद पुरस्कार राशिको प्रतियोगिता विजेताले उपाधिसँगै एक लाख ४० हजार प्राप्त गर्नेछ भने दोस्रोले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?