संसारको सबभन्दा बढी जनसंख्या भएको मुलुकमा भारत

चीनभन्दा २९ लाख बढी जनसंख्या

Read Time = 1 min

संयुक्त राष्ट्रसंघ । भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)को पछिल्लो तथ्यांक अनुसार भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको हो ।

युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसंख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ ।

युएनएफपीएको प्रतिवेदनको जनसांख्यिक सूचकमा यो तथ्यांक समावेश गरिएको छ । सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसंख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो ।

प्रतिवेदन अनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ । चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष छ । रासस/पीटीआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?