राष्ट्रपति रनिङशिल्डबाट प्रतिभाको खोजी गरिने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यही वैशाख १५ गते देखि १७ गतेसम्म हुने १३औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डबाट खेल प्रतिभाको खोजी गरिने भएको छ । छनोट भएका खेलाडीहरूमार्फत जुनियर राष्ट्रिय टिम बनाइने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिनुभयो ।

प्रतियोगिताको तयारी बैठकमा उद्घाटन तथा सञ्चालन सम्बन्धमा छलफल भएको थियो । प्रतियोगितामा सहभागी खेलका संघहरूले खेल प्रतिभाको खोजीका लागि समिति बनाउने, प्रतियोगिता सञ्चालन निर्देशिकामा गर्नुपर्ने संशोधनका लागि वैशाख मसान्तसम्म सुझाब दिनुपर्ने निर्णय भएको छ ।

यस्तै, प्रतियोगिताको उद्घाटनमा विभिन्न विद्यालयबाट मार्चपासमा विद्यार्थीहरू सहभागी गराउने र मार्चपासमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई पुरस्कृत गरिने भएको छ । छलफलमा परिषद्का सदस्यहरू, कराते महासंघका अध्यक्ष युवराज लामा, परिषद्का विभागीय प्रमुखहरू, भलिबल, एथलेटिक्स, कवड्डी, कराते, तेक्वान्दो, उसु संघका प्रतिनिधि र मुख्य प्रशिक्षकहरूको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?