दण्डहीनता नै अराजकता

डा. गणेशप्रसाद घिमिरे
Read Time = 14 mins

शासन आफैँ चल्ने होइन । शासकले शासनलाई व्यवस्थित तरिकाले चलाउने हो । यदि शासक शासन चलाउन असफल भयो भने ऊ मात्र होइन राज्यका सबै अङ्गको औचित्य समाप्त भएर जाने गर्दछ । जनताका मनोकाङ्क्षा र उनका अभिलाषालाई एकैपटक शासकले पूरा गर्न सक्दैन । किस्ताबन्दीमा हुने कुरा हुन् यी सबै । किस्ताबन्दीमा हुुने कुरालाई शासकले सपना देखाएर गर्छुु भन्छ भने त्यो असल शासक होइन । उसले चलाएको शासन पनि असल शासन हुन सक्दैन । त्यसैले शासन व्यवस्थाका प्रत्येक कुरालाई शासकले गतिलो तरिकाले सञ्चालनमा ल्याएर व्यवस्थाको उन्नयनमा समर्पित भएर लाग्नुुपर्ने हुन्छ ।

शासन व्यवस्थाको मूल आधार दण्ड र पुुरस्कार हो । यदि शासकले अपराध गर्नेलाई दण्ड दिन सकेन र काम गर्नेलाई पुरस्कृत गर्न सकेन भने शासनमा दण्डहीनता मौलाउने गर्दछ । दण्डहीनता मौलाएपछि शासनमा अराजकताको अवस्था दरिलो बनेर आउने गर्दछ । मौलाएको वा हुुर्केको कुरालाई समाप्त पार्न समय लाग्छ तर लामो समयमा पनि दण्डहीनताबाट मौलाएका घाउहरू निको नहुने अवस्थामा देखिने गर्दछन् । त्यसैले शासनको व्यवस्थापनमा शासक सचेत बनेर उपस्थित भएको हुनुुपर्दछ । व्यवस्था कुनै पनि किन नहोस् कानुुनसम्मत हुुनुु अनिवार्य छ । शासनका सबै संरचनाहरू चुुस्त र दुुरुस्त हुनु आवश्यक मानिन्छ ।

दण्डले उद्दण्ड मानिसलाई तह लगाउँछ । दुुष्टलाई दण्ड दिन्छ । त्यसैले विद्वान् पुरुषले दण्डलाई नै सर्वोपरि मानेका छन् । दण्डको व्यवस्था हुुुँदैनथ्यो भने मानिस संसारको सबैभन्दा उद्दण्ड भएर आउने छन् । शासन व्यवस्थाको आधार र शासन सञ्चालनको गतिलो अवस्था दण्डलाई मानिएको छ ।

राज्यमा दण्डहीनता मौलाउन हुुँदैन । दण्डको सजाय अनिवार्य हुुुनुुपर्दछ । दण्ड नदिने शासक, आफूलाई सबैभन्दा बलशाली ठान्ने जनता, निष्पक्ष काम नगर्ने कर्मचारीतन्त्र, चाकरीका भरमा पदमा पुुग्ने व्यक्ति शासनमा हावी भए भने शासक मात्र होइन उसले चलाएको शासनको जग नै कमजोर हुन्छ । त्यसैले दण्डलाई शासनको सबैभन्दा महत्वपूूर्ण अङ्ग मानिएको छ । दण्डहीनता मौलाउन थालेमा राज्यको विकास र उन्नतिमा बाधा उत्पन्न हुने कुरालाई मुख्यरूपमा स्वीकार गरिएको छ ।

शासनमा दण्डको व्यवस्था भएन भने शासकीय स्वरूप र शासकले गर्ने राज्यको संरक्षण लोप भएर जाने कुरालाई महाभारतमा अर्जुुनले उल्लेख गरेका छन् । यदि अपराध अनुसारको दण्ड व्यवस्था भएन भने शासक कमजोर हुुन्छ । उसले चलाएको शासन नै अव्यवस्थित भएर जाने सन्दर्भलाई उनले उठाएका छन् ।

दण्डको सर्वोच्चता :
अपराध आफैँमा अव्यवस्था हो । यो अव्यवस्थाले संसारका कुनै पनि मुुलुुक अछुुतो देखिएका छैनन् । अपराधका प्रक्रिया भिन्न हुुुन सक्छन् तर संसार आज अपराधको साझा फूलबारी बनेको छ । संसारका सबै देश अपराधको जालोमा फसेका छन् । अपराधलाई निर्मूल पार्न कुनै पनि देश सफल बनेका छैनन । व्यवस्था जस्तोसुकै होस् अपराध दिनप्रतिदिन मौलाउँदै गएको छ । अपराधबाट निस्कन शासकले दण्डको व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने देखिन्छ । शासनमा दण्डको अथवा भनौँ अपराधको सजायलाई उच्च मानेर प्राथमिकतमा राखिएको छ ।
यस्माददान्तान् दमयत्यशिष्टान् दण्डयत्यपि
दमनाद् दण्डनाच्चैव तस्माद् दण्डं विदुुर्बुुधा ।।
दण्डले उद्दण्ड मानिसलाई तह लगाउँछ । दुुष्टलाई दण्ड दिन्छ । त्यसैले विद्वान् पुरुषले दण्डलाई नै सर्वोपरि मानेका छन् । दण्डको व्यवस्था हुुुँदैनथ्यो भने मानिस संसारको सबैभन्दा उद्दण्ड भएर आउने कुरालाई अर्जुुनले दाजुुलाई बताएका छन् । शासन व्यवस्थाको आधार र शासन सञ्चालनको गतिलो अवस्था दण्डलाई मानिएको छ । दण्डका आफ्नै प्रकार र पद्यति छन् । ती पद्यति अनुुसार दण्डको व्यवस्था भयो भने नागरिकमा निर्भयता, सक्रियता, जागरुकता आउँछ । दण्डविधानमा कसलाई कस्तो प्रकारको दण्ड दिने सन्दर्भमा अर्जुुन वानप्रस्थी बन्न चाहने युुधिष्ठिरलाई सम्बोधन गर्दै भन्छन् :
वाचा दण्डो ब्राहृमणानां क्षत्रियाणां भुजार्पणम्
दानदण्डाः स्मृता वैश्या निर्दण्डः शुुद्र उच्यते ।।
ब्राहृमणले अपराध गरेमो उसलाई वचनले अपमान गर्नु, छेत्री अपराधमा सामेल भएमा खान पुुग्नेजति तलब दिनुु, वैश्य अपराधी भए जरिमानाका रूपमा धन लिनुु तर शुुद्रले अपराध गरेमा उसलाई दण्ड दिने अधिकार नरहेको तर्क अर्जुुनले बताएका छन् । दण्डको विधान यहाँ वर्णअनुुसार गरिएको छ । यही दण्डविधानलाई टेकेर शासन व्यवस्थालाई चलाउने हो भने दण्डको अवस्था नरहने तर्कलाई अर्जुुनले उठाएका छन् । आजको समाज वर्णविहीन हुने प्रयासमा छ । त्यो दण्डविधान आजको समाजमा छैन । अपराध अनुुसारको सजाय भने कानुुनले तोकेको छ । कानुुन अनुसारको सजाय दिनुु नै दण्डको मुुख्य मान्यता हुन्छ कानुुनीराज्यमा ।

संसारमा सबै मानिस राम्रा हुुँदैनन् र सबै मानिस नराम्रा पनि हुुँदैनन् । तर मानिसलाई सही मार्गमा ल्याउने आधार भनेको दण्ड नै हो । यदि मानिसमा मानवता हरायो भने ऊ अपराध मनोवृत्तिलाई प्रश्रय दिने प्राणी हो । अपराधको दण्ड दिइएन भने उसमा पशुुप्रवृत्ति हावी हुुन्छ । उसका विचारहरू आपराधिक क्रियाकलापले बढी सक्रिय भएका हुन्छन् । संसारको कुनै पनि मानिस दण्डका माध्यमबाट नै सही मार्गमा आउने कुरालाई अर्जुनले यसरी बताएका छन् ।
सर्वो दण्डजितो लोको दुुर्लभो हि शुुचिर्जनः
दण्डस्य हि भयात् भीतो भोगायैव प्रवर्तते ।।
सम्पूर्ण जगतका मानिसलाई दण्डको विवशताले नै सही बाटोमा ल्याएको हुन्छ । सच्चा र असल मानिस संसारमा छैन । दण्डको डरले नै मानिसले सही मार्गलाई अवलम्बन गरेको हुन्छ । मानिस आफैँमा आपराधिक मनोवृत्ति भएको प्राणी होइन । उसलाई दण्डहीनताले अपराधी बनाएको हुन्छ । शासनमा दण्डको पूर्णव्यवस्था भएमा मानिसले कुनै किसिमका अपराध आफू गर्ने थिएन । ऊभित्र देखिएको अपराधवृत्तिको मृत्युु हुने थियो तर मानिस दण्डहीनतामा नै अपराधी बनेर बाहिर आउँछ र समाजको कलङ्क बनेको हुन्छ । समाजका लागि ऊ बोझ बन्नसमेत पछि पर्दैन ।

दण्डविधान :
संसारमा प्रत्येक देशका आफ्ना कानुुन छन् । ती कानुुन पालन गर्नका लागि राज्यका सबै मानिस सचेत छन् । कानुुनको पालना हुन सकेन भने राज्यका सबै शक्ति र व्यवस्थाका सबै अङ्ग कमजोर बनेर आएका हुन्छन् । कानुुन व्यवस्था कमजोर हुनुुमा र दण्डहीनता बढ्नुुमा राज्यका सञ्चालक मात्र दोषी कदापि होइनन् । उनीहरूले बनाएको कानुुनलाई धज्जी उडाउने प्रवृत्ति पनि कारक बनेर देखिने गरेको हुन्छ । मानिसभित्र विद्यमान शक्ति र उसले मिच्ने कानुुनी राज्यका सबै अङ्गहरूलाई जीवन्त बनाउन सकियो भने देशका सबै समस्याहरू आफैँ समाधान हुने कुुरालाई महाभारतको यो प्रसङ्गले बताएको छ ।

नेपालको शासनव्यवस्थामा कानुुन बनेका छन् । अपराधीलाई सजाय दिने मान्यताहरू पनि प्रशस्त छन् तर तिनको सदुुपयोग आजको व्यवस्थाले गर्न नसकेको देखिन्छ । मानिसमात्र होइन शासक बनेका वा जनप्रतिनिधिका रूपमा आएका व्यक्तिले समेत कानुुनी राज्यको खिल्ली उडाइरहेका छन् ।

आजकल राज्यले दिने दण्ड वर्णव्यवस्था अनुुसारको छैन । महाभारतकालीन दण्ड वा सजाय वर्णव्यवस्था अनुसारको थियो । त्यो समयमा दिइने दण्डले मानिसमा डर उत्पन्न हुन्थ्यो तर आज हामी व्यवस्थित छौँ । सबै कुरालाई आधुुनिक शासन व्यवस्था र त्यो व्यवस्थाले निम्त्याएको भावनालाई बहकिएर गरिने निर्णयको अवस्थालाई स्वीकार गरेका छौँ । व्यवस्थाका सञ्चालक र तिनले लिने निर्णयले मानिसका हरेक क्रियालाई जीवन्त बनाएर राखेको देखिन्छ । संसारमा बढ्दै गएको अपराध र ती अपराधबाट देखिने दुुष्प्रभावले मानिसका सबै कर्महरू कमजोर बनेर आएका छन् । आजको अपराध प्रविधियुुक्त पनि छ । प्राविधिक अपराधलाई आधार मानेर दिइने दण्ड र त्यसको प्रभाव कानुुनी दृष्टिले कमजोर देखापरेको छ । मानिसका सबै क्रियाकलाप समाज, धर्म, संस्कृति, परम्परा, भाषा विरोधी बनेर आएको देखिन्छ ।

मानिसको नियतमा खोट नभए वा उसमा दानवीय प्रवृत्तिको उपज नभएमा अपराध पनि कमजोर हुने गर्दछ । आज त्यो अवस्था पक्कै पनि छैन । समाजमा देखापरेका सबै क्रियाकलाप मानिसका भावनाविपरीत बनेर देखापरका छन् । त्यसैले संसार सधैँ अपराधको जालोमा फसिरहेको छ । त्यो जालो तोड्न बनाएका कानुुन कमजोर देखिएका छन् । तिनको समाधान मानिस आफैँले गर्ने हो । कानुुन मान्नेका लागि मात्र हुुन्छ यदि दण्डको विधान त्यसमा भएन भने । मानवीय चेतनाको कमीले र त्यसले निम्त्याएको भावनाको पहिचानले मानिसलाई गलत मार्गमा अग्रसरित बनाएको हुन्छ । दण्डहीनतालाई अक्षम्य अपराध मानेर राज्य सक्रिय भयो भने मात्र समाजका सबै व्यवस्थामा राज्यशक्तिको पहुुँच पुुगेको महसुस जनताले गरेका हुुन्छन् ।

नेपालको शासनव्यवस्थामा कानुुन बनेका छन् । अपराधीलाई सजाय दिने मान्यताहरू पनि प्रशस्त छन् तर तिनको सदुुपयोग आजको व्यवस्थाले गर्न नसकेको देखिन्छ । मानिसमात्र होइन शासक बनेका वा जनप्रतिनिधिका रूपमा आएका व्यक्तिले समेत कानुुनी राज्यको खिल्ली उडाइरहेका छन् । राज्य मौन बसेको छ । आर्थिक रूपमा देखिएका, सामाजिक रूपमा आएका, पारिवारिक अवस्थामा कमजोर बनाउने खालका अपराध नेपाली समाजमा बर्गेल्ती आउने गरेका छन् । तिनलाई किनारा लगाउन राज्यको व्यवस्थापकीय पक्ष सारै कमजोर बनेको छ । शासनमा दण्डलाई मुुख्य मानेर अपराधअनुसारको सजाय व्यवस्थापन गरेमा पक्कै पनि अर्जुुनले भनेजस्तो युुधिष्ठिरले चलाएको जस्तो व्यवस्था आउने थियो कि ? यही नै अर्जुुनको आफ्ना अग्रजलाई सल्लाह थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?