एनसेल बाह्रखरी गल्फमा सञ्जयलाई सुनको बल

Read Time = 2 mins

काठमाडौं । शनिबार काठमाडौंमा सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ छैटौँ संस्करणको उपाधि सञ्जय पौडेलले जित्नुभएको छ । बाह्रखरी मिडियाले वार्षिकरूपमा आयोजना गर्दै आएको प्रतियोगिताका विजेता पौडेलले सुनको बल पुरस्कार जित्नुभएको हो ।

प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहालले ‘टी-अफ’ गरेर उद्घाटन गर्नुभएको थियो । १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता पौडेलले ४० अंक जोड्नुभएको थियो । १२ हृयाण्डी क्यापमा खेल्नुभएका उहाँले फ्रन्ट नाइन १९ अंक जोड्दै ब्याक नाइनमा २१ अंक जोड्नुभएको थियो ।

उपाधि जित्ने पौडेल र टासी छिरिङले समान ४० अंक जोड्नुभएका पौडेलले ब्याक नाइनमा जोडेको २१ अंकले टासीलाई उपाधिबाट पन्छाउन सफल हुनुभयो । टासी ब्याक नाइनमा १८ अंकमात्र जोड्न सफल हुनुभएको थियो । जिरो हृयाण्डी क्यापमा खेल्ने टासीले ४० ग्रस अंक जोड्दै बेष्ट ग्रसका साथै मोष्ट बर्डीको उपाधि पनि जित्नुभएको छ ।

पुरुषतर्फ बाबु शेर्पाले दोस्रो र डा. भगवान् कोइरालाले ३७ अंक जोडेर सिनियरतर्फको उपाधि जित्नुभयो भने महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जित्नुभयो । कश्मिरा शाह दोस्रो हुनुभयो । क्लोजेष्ट टु द पिनको उपाधि राज प्रधान र लंगेष्ट ड्राइभको उपाधि दोर्जे होजाङसाङले जित्नुभयो । प्रतियोगितामा केही विदेशीसहित ११४ ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?