एपिएफद्वारा खुमलटार पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विदेशी फरवार्डद्वय एब्डोउ रमानी र अर्मान्ड विडोमको गोलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपिएफले खुमलटारलाई दुई-शून्यले पराजित गरेको हो । एपिएफले पहिलो र दोस्रो हाफमा समान एक गोल गर्दै जित पक्का गर्‍यो । खेलको २६औँ मिनेटमा एब्डोउ रमानीले गोल गर्दै एपिएफलाई पहिलो हाफमा एक-शून्यको अग्रता दिलाउनुभयो ।

खेलको ७०औँ मिनेटमा अर्मान्डले गोल गर्दै एपिएफको अग्रता दोब्बर पार्नुभयो । खुमलटारका गोलरक्षक राजकुमार लिम्बूले अघि बढ्दै गरेको क्लियरेन्स फितलो हुँदा अर्मान्डले उक्त बललाई भेट्दै गरेको प्रहारले खाली पोस्टमा जाली चुम्न पुगेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा एपिएफ विजयी हुन सफल भयो ।

यस जितसँगै एपिएफ १२ खेलबाट १७ अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ । पराजित खुमलटार १२ खेलबाट १३ अंक जोडेर ११औँ स्थानमा यथावत् छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?