फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ : पर्यटनमन्त्री

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाइ दुबईको जहाज सुरक्षितरुपमा आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बताउनु भएको छ ।

विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’

सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो ।

विमानमा थप समस्या आए पाइलटले विमान भारतमा अवतरण गर्नसक्ने बताइएको छ । जहाज भारतको उत्तर प्रदेश आकाशमा पुगिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?