बारा-२ : उपेन्द्र यादव कुशवाहा भन्दा ३३९१ मतले अगाडि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता फराकिलो पार्दै जानुभएको छ ।

यादवले १० हजार १ सय ९९ मत ल्याउनुभएको छ । उहाँले पछिल्लो समय मतान्तर झन् फराकिलो पार्दै लग्नुभएको छ ।

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहनुभएको छ । कुशवाहाले अहिलेसम्म ६ हजार ८ सय ८ मत ल्याउनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ११ मत ल्याउनुभएको छ भने रास्वपा उम्मेदवार रमेश खरेलले १ हजार १ सय ७४ मत ल्याउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?