दूधको मूल्य बढ्दा छुर्पी बिक्री ठप्प

Read Time = 2 mins

काठमाडौं । नेपाल डेरी एसोसिएसनको केन्द्रीय विस्तारित बैठकले हाल दूध अभावका कारण धुलो दूध र झोल दूध आयात गर्न तत्काल पहल गर्ने निर्णय गरेको छ । त्यस्तै, फ्रेस मिल्कमा लगाइएको अन्तःशुल्क हटाउन पहल गर्ने, दूधको मूल्यवृद्धिपछि छुर्पीको पनि मूल्यवृद्धि भई बजारमा बिक्री नहुँदा धेरै स्टक रही समस्या भएकाले समस्या समाधानका लागि पहल गर्ने, प्रदेश र जिल्ला समितिलाई सक्रिय गराई हरेक क्रियाकलाप अघि बढाउने, दुग्ध संकलन गर्ने केन्द्रमा दिँइदै आएको विद्युत् महसुलमा छुट नहटाई निरन्तर दिइनुपर्ने, एसोसिएसनलाई महासंघमा लैजाने विषयमा छलफल भएको एसोसिएसनले जनाएको छ ।

साथै गण्डकी प्रदेशमा छुर्पी र पनिरमा भ्याट नलाग्ने भनी निर्णय भएकोमा स्वागत गर्दै अन्य प्रदेशमा पनि सोहीअनुसार पहल गर्ने निर्णय भएको एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिनुभएको छ । सोमबार र मंगलबार सर्लाहीको हरिवनमा सम्पन्न बैठकमा आगामी बैठक लुम्बिनी प्रदेशमा गर्न अध्यक्ष प्रल्हाद दाहालले प्रस्ताव गर्नुभएको थियो ।

बैठक मधेश प्रदेशको आयोजनामा भएको थियो । बैठकमा केन्द्रीय अध्यक्ष दाहाल र महासचिव खनालले प्रशिक्षण दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?