उपनिर्वाचन र गठबन्धनको भविष्य

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

काँही नभएको जात्रा हाँडी गाउँमा । यो काठमाडौंमा प्रचलित उखान हो । किन भने हाँडी गाउँ काठमाडौंमा मात्रै छ । नेपालमा अन्यत्र काहिँ पनि यो उखानले संकेत गरेको गाउँ छैन । यहाँ यस्तो मैले या हामीले जित्नै पर्छ, जनता या मतदाता भनेका हाम्रा दास हुन्, हाम्रा कमारा हुन्, पुस्तौंपुस्तादेखि हाम्रा नोकर चाकर भएर आएका हौं भनेर जनतालाई मूर्ख बनाउन हिम्मत गर्ने खाइदेउ नेता पनि काँही छैनन् । अहिले तिमीहरू जुन स्वतन्त्रजस्ता देखिएका छौं त्यो कुरो नबुझिकन हाँसेको र सुन्निएकालाई मोटाएको भनेर आत्मरति गरेजस्तै हो । भन्ने आठ-दश कति हो दलको नामका ‘मखाऊँ मैलाऊँ पदविना मिनेट् एक नबसूँ’ मखुण्डो धारी छन् ।

बियाडे गरामा चराले बिउ टिपेर नखाऊन् भनेर थोत्रा कपडाको हाँके बनाएर राख्ने प्रचलन नेपाली किसानको पूर्वदेखि पश्चिमसम्मै छ । त्यस्तै मान्छेलाई काठमाडौंमा चाहिँ ‘ज्यापूका बारीमा उभ्याएको बुख्याँचा’ भन्छन् । अहिले नेपाली राजनीतिमा ओली र प्रचण्डले प्रारम्भ गरेको शैली हो ‘स्वार्थान्ध गठबन्धन’ शैली । अन्धाले अन्धालाई डोहो¥याउँदा सञ्चले हिँड्ने अन्धो बनेका छन् नेपाली कांग्रेसका सभापति । सत्ता टिकाउन उनी स्वास्नीको सल्लाहदेखि कोरीका पाउमा चिल्लो लाउनुपरे पनि पछि हटेका देखिएका छैनन् । ओली र प्रचण्डका कहिले तारणहार त कहिले गलगाँड बनेर पनि देखिन्छन् यिनी नेपाली राजनीतिमा ।

कसैलाई बिरासत फर्काउनु छ त कसैले दुःख गरेर रनवन चहारेर मान्छे मारेर ल्याएको महान् गौरवशाली पद भोग्न पनि मन अघाउन्जेल नपाएको तुस छ । राष्ट्रपति र उपराष्ट्रपतिमा बढुवा भएका खाली ठाउँमा पनि गठबन्धनका कोर्रा लाएर खाउँला भनेको नदिने भए ।

क्रान्तदर्शी नेता अद्वितीय गौरवगाथाले भरिएको दलको नेता भएको बोध पनि छ या छैन उनलाई भन्न मुस्किल छ । अहिले नेपालमा तीनजना मान्छे छन् जसका बस्न्यौटामा प्रधानमन्त्रीको कुर्सी टाँसेर पठाउन विधाताले बिर्सेछ र यी तिनजनाले पाउनु दुःख पाए । सधैं कुर्सीका लागि मरिहत्ते गर्नुपरेको छ विचराले । शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालका पछाडि एउटा घुम्ने कुर्सी आमाका गर्भैदेखि झुन्ड्याएर पठाएनछ प्रकृतिले । प्रकृतिको यसै गल्तीका कारण प्रजातन्त्र, बहुदल, विधि र विधानमात्रै दोषी भएनन् देश र जनता पनि सयौं वर्षका निमित्त दण्डित भए । कहिले गठबन्धनका नाउँमा त कहिले हठबन्धनका नाममा जनता राणाका हुक्के, छाते, घोडे सुब्बा टुँडीखेल वरिपरि घुमे झैँ नेपालमा यिनका पछि कुद्नु परेको छ ।

जीवनभरि पदको सपनामात्रै देखेर यसरी हुन्छ कि उसरी हुन्छ कि भनेर लोभ गरो । लोभीको भाँडो उभिन्डो हुने रोगबाट विचरा बल्ल गधे रौं बदलेर एउटा पदमा पुग्न पाएको छैन रोगले गाँजेर सातपुस्तालाई पुग्नेगरी विदेश सयर गरौंला भनेको भारतमा नै सीमित बनायो नियतिले । अभागी चाँदो कर्करी खाँदो एक घण्टा समय बिताउन नपाएर कसैले प्रधानमन्त्री गुमाउनुपरेको छ त कसैका हातमा आएको माछो फुत्केर अरूका ढोक्सामा गएर बसेर मरो । लाजै पचाएर यत्रो लावालस्कर लिएर गठबन्धनका कोर्रा बोकेर ठोकेर फर्कंदा पनि अब चाहिँ जनता न तर्सने, नहच्कँने र नफर्कने गरी गए कि क्याहो भन्ने सोच भने यिनका गिदीमा आएको देखिएन ।

कसैलाई बिरासत फर्काउनु छ त कसैले दुःख गरेर रनवन चहारेर मान्छे मारेर ल्याएको महान् गौरवशाली पद भोग्न पनि मन अघाउन्जेल नपाएको तुस छ । राष्ट्रपति र उपराष्ट्रपतिमा बढुवा भएका खाली ठाउँमा पनि गठबन्धनका कोर्रा लाएर बाँचुन्जेल खाउँला भनेको अब नदिने भए । अब चन्द्रशमशेरको शैलीले काम नदिने भएछ । गिजाबाबुले चलाए, भीमसेन थापाले चलाए, महेन्द्रले चलाए कस्ता मूर्ख जनता हामीलाई नदिने भनेर अहिले संसद्मा बार्गेनिङ गरेको होइन भनेर ओली र ओलीका अरिङ्गाल बार्गेनिङ गर्छन् । पालो आउला र स्वाद लिउँला भनेको पालै नआउने भयो भनेर कुनै माकुने हात्ती भने सुँडले छारो आफ्नै आङमा छर्नथालेका छन् । उता सर्पका नाइकेले पनि झल्झली दिउँसै सपना देख्न लागेका छन् ।

अब शेर बनेर गर्जने दिन पो सिद्धिने हुन् कि भनेर ज्योतिषीका घरघरमा चिना बोकेर धाउँदा पनि सातपटक पु¥याउन धौधौ पर्ने अवस्थाको झल्को पर्न लाग्यो । कहाँबाट आयो सुनले मोरेको वाग्लेको ढिकीले तनहुँ पनि सकिदियो । गोविन्दराज जोशीको कारबाही फुकुवा गरेको पनि केही काम लागेन । पदचन्द्र पौडेललाई पदमा पठाएको पनि काम लागेन । अब दाइजोमा आएका हीरा, मणि, जवाहरातको पनि अर्थ रहेन, हे ईश्वर अब के गरी जनताका आँखामा खोर्सानीको धूलो हुरेलेर सत्ता हत्याउने ?

हाम्रा देशका अहिलेका नेताको सोच, चिन्तन र छट्पटी यिनै माथिल्ला अनुच्छेदका पंक्तिले व्यक्त गरेका छन् जस्तो लाग्छ मलाई । एक प्रकारको जकडबन्धनबाट नेपालभन्दा चार वर्ष पहिले स्वतन्त्र भएको भारत कहाँबाट कहाँ पुग्यो, दुई वर्ष पहिले स्वतन्त्र भएको चीन आज विश्वको दोस्रो शक्ति, अर्थतन्त्र र जनसंख्या भएको देशका रूपमा परिणत भइसकेको छ । हामीलाई लाज लागेन, हामी ठाउमा पुगेपछि पहिले स्वास्नी, छोराछोरी, सालासाली, साँडुदाइ/भाइ आदि हामीलाई चाहियो । नसनाताका मान्छे सकिएपछि ग्रुपमा लाग्यौं । आफ्नो र अर्काको खोज्न लाग्यौं यसरी दुनियाँमा काहीँ कतै कुनै देश विकास भएको छ ?

सोचौं त हामी यति निर्लज्ज भयौं आज पनि आफ्नै हातमा देशको तालासाँचो राख्नका निमित्त दुनियाँमा कतै नभएको गठबन्धन ल्यायौं त्यो पनि बाघ र भालु अनि ब्वाँसो र गाईको साँठगाँठ कतिन्जेल चल्छ ? जनता र देश अनि आफ्नै भविष्यसँग यत्रो विश्वासघात ? मान्छेले आफूले चाहेको उम्मेदवारलाई भोट दिन पनि नपाउनु ? गठबन्धनका कोर्रा वर्षने यही हो जनअधिकार ? यही हो प्रजातन्त्र ? कति नालायक भयौं हो हामी, यही हो तिमीहरूको लोकतन्त्र ? हजारौं हजार निरीह जनतालाई बली चढाएर ल्याएको कोसेली ? प्रजातन्त्रभन्दा हामीले फालेका राजतन्त्रको झल्झल्को आउँछ भनेर लोकतन्त्र भन्न थाल्यौं, त्यसो भए कसैका छोराको नाउँ राजकुमार होला बदल्नुस् ।

रामबहादुर थापाका ठाउँमा रावण नाम राख्नोस् । पुष्पकमललाई एसार्द या दादा इदि अमिन भनेर राख्नोस् असाध्य प्रगतिशील बन्नुहुन्छ । नाउँले हुनेभए तपाइँहरूले बाँडेका फोस्रा आश्वासन र डोका न डालाका थुकका लड्डूले विश्व ढाकिने अवस्था भैसकेको छ तर राजधानीका सडक, यहाँका देवालय, यहाँको तरकारी पसल, यहाँको सगरमाथाभन्दा अग्लो र अस्पृष्ट महँगी के यता एक दिनको एक छिन पनि सोच्ने फुर्सद छ तपाईंहरूलाई ? बधाई छ चितवनवासी र तनहुँवासीलाई कम्तीमा गठबन्धनको जुइँनो चुडाउने संकेत त गरे ।

धिक्कार छ डडेलधुरे, झापाली, रौतहटे, इलामे र गोरखाली जनतालाई किनभने ब्वाँसो भनेर चिनेपछि पनि गाईगोठमा लगेर ढोका खोलिदिने ? जाग मतदाता जाग तिमीहरूको कल्याणको साँचो तिमीहरूकै हातमा छ भन्ने कुरो बुझ । आज बालुवाटार, संसद्, न्यायालय, नगर, महानगरपालिका र प्रादेशिक निकायमा हेर त दङ्दङ्ती गनाएको सिनामा गिद्धको लुछाचुँडीभन्दा लाजमर्दो भागबण्डाको रडाको सुनेका छैनौ ? टिभीमा दृश्य देखेका छैनौ माछा बजारको जस्तो मोलमोलाइ ? यही हो प्रजातन्त्र, यही हो विधिको सर्वोच्चता ? राष्ट्रनिर्माण, प्रजातान्त्रिक समाजवाद यही हो ? समाजवादतिर उन्मुख तिमीहरूका संविधानले निर्धारण गरेको आचरण यस्तै हुन्छ ?

सबै कुरा सेटिङ गर्नु नै प्रजातन्त्र हो ? काम चलाउ न्यायालय, बाघ, स्याल, गिद्ध, बाज र परेवाको संसद्, भोकाएका हुँडारको जस्तो चरित्र भएको मन्त्रिमण्डल, सुस्तमनस्थितिका बालबालिकाको सभाजस्तो देश बनाएर के गर्ने सोच हो यो ?

सबै कुरा सेटिङ गर्नु नै प्रजातन्त्र हो ? काम चलाउ न्यायालय, बाघ, स्याल, गिद्ध, बाज र परेवाको संसद्, भोकाएका हुँडारको जस्तो चरित्र भएको मन्त्रिमण्डल, सुस्तमनस्थितिका बालबालिकाको सभाजस्तो देश बनाएर के गर्ने सोच हो यो ? यद्यपि यो उपनिर्वाचनबाट राम्रो काम भयो भएन त्यो पछि मात्रै भन्न सकिनेछ । जोशी र पौडेलका बीचको द्वन्द्वबाट जनताले मुक्ति पाएका छन् । संसार बुझेका अवसर खोज्न व्यस्त उम्मेदवारलाई विजयी गराएर कांग्रेसको गर न मरको घिनलाग्दो पट्यारलाग्दो चरित्रको विकल्प त खोजे तर कहिल्यै मौका नपाएको एउटा बोट ढालेको पश्चाताप बोक्नु नपरोस् भन्ने शुभकामना मात्रै अहिले दिन सकिन्छ तनहुँवासीलाई ।

‘ताड से गिरा बबुर पे लड्का’ नहोस् । चितवनवासी फेरि पनि परिवर्तनका नाममा अवसरवदी, ताक परे तिवारी नत्र गोतामेका फन्दामा फस्दैछन् । राजनीति सत्ताको अर्को नाम पनि हो तर सत्ता नै सबै कुरा होइन । जनताको साथ, निजी विचार अनि योजना र आफूले अवलम्बन गरेको दर्शनका प्रतिको दृढनिष्ठा बेगरको राजनीति भनेको परालको आगोमात्रै हो । अतः देशका युवकयुवती सचेत र संगठित भएर दिगो मूल्य र विचारको धरातल भएकै पार्टीलाई सुधार्ने काममा लाग्न ढिलो भयो । थलो ओगटेरमात्रै बस्ने निकम्मा, श्लथ, बुढा हुँडारको प्रवृत्ति भएकाबाट पार्टीलाई निकालेर शिवसंकल्पवान् युवशक्तिलाई अघि बढाउन अग्रसर हुनैपर्छ ।

ताकछोपुवा दर्शन न कार्यक्रमका भलले बाटो बिगार्नेमात्रै हो बनाउँदैन भन्ने कुरो नबुझ्नका लागि नेपाली कांग्रेसको अहिलेका नेतृत्वले चितवनवासीलाई विवश बनाएको सबैले देखेका र बुझेका पनि छन् । मधेसमा हीरा र कीरा दुकै छन् । मधेसका हीरा अहिले पनि पुरानै वैचारिक धरातल भएका दलसँगै छन् । मधेसका केही जमिन्दारपुत्रहरू मधेसका मुद्दा बोकेर राजनीतिका मैदानमा आएका छन् । तिनैमध्येका बीचमा बाराको उपनिर्वाचनमा प्रतिस्पर्धा देखिन्छ । यस जुन परिणाम आए पनि खास फरक पर्दैन । कान्लामुनिको भ्यागुतो कान्लामुनिको मुनि नै ।

तनहुँमा अबका दिनमा वैचारिक धरातल बोकेका पार्टीले बुझ्नुपर्छ गठबन्धनको नचाहिँदो फुर्ति प्रदर्शनलाई जनताले चुनौती दिए । कांग्रेसको किल्लामा बस्न कांग्रेस नै असहमत भए । किन ? गठबन्धनको ताइँ न तुइँको फूर्ति झार्न । चितवनमा पनि त्यही हो । नेपाली कांग्रेसका कार्यकर्तालाई हँसिया हतौडामा भोट हाल्न विवश बनाउने गठबन्धने संस्कृतिलाई खबरदार गरे जनताले । सोच है देउवन एण्ड प्रवृत्ति हो, बाघका छालामा स्यालको दाइँ अब जनताले सहँदैनन् । स्वर्णिम ! नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकारमा गएनौं भने त तिमी महान् हृवौ भनौंला तर गयौ भने तिमी पनि ताक परे तिवारी नत्र गोतामे नै हुनेछौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?