काठमाडौं । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड बाई म्यारिअटले मार्च महिनामा आफ्नो सातौँ वार्षिकोत्सव मनाउँदैछ । होटलका अनुसार विगत सात वर्षमा फेयरफिल्ड काठमाडौंले न्यानो आतिथ्यतासाथ पस्केको लक्जरी, आरामदायिता र सांस्कृतिक विविधताको अद्वितीय अनुभव गरेका हजारौँ स्वदेशी तथा विदेशी पर्यटकले होटलको खुलेर प्रशंसा गर्दै आएका छन् । सात वर्षअघि नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअट भिœयाएर होटल नेपालको पर्यटन क्षेत्रकै समग्र आतिथ्यता सेवाको स्तरवृद्धि गर्न सफल भएको हो ।
फेयरफिल्डमा आतिथ्य सेवाका लागि तीन उत्कृष्ट रेष्टुराँ रहेका छन् । अल डे डाइनिङ रेष्टुराँ काभा, जापानिज रेष्टुराँ काकु काकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्ज खानाका उत्कृष्ट स्वादका साथ रहेका छन् । काभामा नेपाली, इण्डियन र वेष्टर्न खाना पस्किने गरिएको छ भने काकु काकु सिका जिकामा सुसी रोल, टेपनयाकीजस्ता प्रसिद्ध जापानी खाना पाइन्छन् । ओचो स्काई लाउन्जमा भने काठमाडौं शहरको रंगीन वातावरण नियाल्दै इटालियन र स्पेनिस खानाको स्वाद लिने अवसर मिल्नेछ । कुनै पनि रेष्टुराँमा बसेर कुनै पनि मेन्युबाट खानाको अर्डर गर्न सकिने पनि फेयरफिल्डले जनाएको छ ।
काठमाडौंको मुटु मानिने ठमेलको मुखैमा रहेको फेयरफिल्डबाट काठमाडौं दरबार स्क्वायर १० मिनेटको दूरीमा पर्छ भने दरबारमार्ग पाँच मिनेटभन्दा कमको पैदल यात्रामा पुग्न सकिन्छ । काठमाडौं म्यारिअट होटल तथा फेयरफिल्ड काठमाडौंका क्लस्टर डाइरेक्टर सेल्स एण्ड मार्केटिङ वरुण कमरा भन्नुहुन्छ, ‘यहाँहरूको साथ र सहयोगबिना यो सफलता सम्भव थिएन, यो अभूतपूर्व सहयोगका लागि हार्दिक धन्यवाद । आगामी दिनमा हाम्रो सेवा र सुविधा अझ विस्तार गरेर लैजाने प्रतिबद्धता जनाउँछौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच