विश्वभर विद्युतीय सवारीसाधनको बिक्री बढ्दो

चीन, अमेरिका र युरोपमा माग अधिक

Read Time = 2 mins

पेरिस । विश्वभर विद्युतीय सवारीसाधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । एक प्रतिवेदन अनुसार यो वर्ष बिक्री हुने पाँचवटा सवारीसाधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइईए) सडक यातायातका साधनमा विद्युतीय सवारीप्रति आकर्षण एवं माग बढेकाले ऊर्जा उद्योगमा त्यसले ठूलो प्रभाव पार्नेछ भने चालु दशकको अन्त्यसम्ममा दैनिक ५० लाख ब्यारेल इन्धनको खपत अन्त्य गर्नेछ । हाल विश्वमा दश करोड ब्यारेल इन्धन दैनिक रूपमा खपत भइरहेको छ ।

विश्वव्यापी ऊर्जा अर्थतन्त्रमा विद्युतीय सवारीसाधनको द्रुत रूपमा भइरहेको उत्पादनले बढोत्तरी भएको आइईएका कार्यकारी निर्देशकले बताएका छन् । विद्युतीय सवारीसाधनसम्बन्धी वार्षिक प्रतिवेदनमा यो वर्ष त्यस्ता सवारीसाधनको बिक्री ३५ प्रतिशतले बढेर एक करोड चालीस लाख पुग्ने अपेक्षा गरिएको छ । यो सन् २०२० को विद्युतीय सवारीसाधनको चार प्रतिशतको बजार हिस्साको तुलनामा १८ प्रतिशतले बढी हो ।

प्रतिवेदन अनुसार चीन, अमेरिका र युरोपेली देशका बजारमा बिजुली गाडीको माग अधिक छ । गतवर्ष यस्ता गाडीको ६० प्रतिशत बजार चीनले ओगटेको थियो । बिजुली गाडी खरिदमा अमेरिकाले सहुलियत प्रदान गर्ने नीति अवलम्बन गरेसँगै अमेरिकी उपभोक्ता पनि त्यसतर्फ आकर्षित भएकाले आगामी वर्षहरूमा विद्युतीय सवारीसाधनको बिक्री बढ्ने अपेक्षा गरिएको छ ।

सन् २०३० सम्ममा युरोपेली मुलुक, अमेरिका र चीनले ६० प्रतिशत विद्युतीय सवारीसाधनको हिस्सा ओगट्ने प्रक्षेपण गरिएको छ । रासस/एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?