पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्युु भएको छ । यहाँ तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्यु भएको हो ।

बगनासकाली गाउँपालिका–७ खहरेखोलाका एक पुुरुषको भिरबाट लडेर मृत्युु भएको छ । विहिबार विहान ३ बजे घरबाट उठेर हिडेका ४० वर्षीय केशवबहादुर बूढाथोकीको घर नजिकैको खहरेखोला भिरबाट लडेर मृत्युु भएको हो । निन्द्रामै उठेर हिड्नुभएका बूढाथोकी भिरबाट १ सय ५० मिटर तल खोल्सामा खस्न पुग्नुभएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

यस्तै तिनाउ गाउँपालिका–३ ड्यामसाइडस्थित तिनाउ खोलामा बुधबारदेखि वेपत्ता रहेका एक किशोर मृत फेला परेका छन् । पौडी खेल्ने क्रममा वेपत्ता भएका सिद्धार्थ नगरपालिका–८, गल्लामण्डिका १७ वर्षीय शिशिर उपाध्याय विहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।

तिनाउ खोलामा पौडी खेल्न जाँदा बेपत्ता भएका उनको खोजतलास गर्ने क्रममा खोलामै मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबारदेखि नै प्रहरी, स्थानीय र आफन्तले उनको खोजी गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?