‘छक्कापञ्जा ४’को ‘दर्शन सलाम’लाई दुई करोडब बढी भ्युज

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘छक्कापञ्जा ४’को गीत ‘दर्शन सलाम’ ले युट्युबमा दुई करोड बढी भ्युज पाउन सफल भएको छ । गत फागुन १९ बाट प्रदर्शनमा आएको यो चलचिलत्रको गीतमा कलाकार दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देखाइएको छ । दीपकको अलवा दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरेलगायत कलाकारको नृत्य छ । दीपक-दीपा र स्वस्तिमा-राज जोडीको रूपमा गीतमा देखिनुभएको छ ।

राजेन्द्र थापाको शब्द, डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गर्नुभएको हो । हेमराज बिसीको निर्देशन रहेको चलचित्रले १६ वटाहलमा ५१औं दिन मनाउन सफल भएको छ । राजनीति र सामाजिक विषयमा निर्माण भएको चललिचत्र कमेडी जनरामा बनेको हो । आमा सरस्वती मुभिज र आईएमईको व्यानरमा चललिचत्र निर्माण भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?